Wednesday, June 10, 2026
74.2 F
Washington DC.

राजु लामाका गीतहरू विवादमा- योगेश्वर अमात्यद्वारा मिडिया र जनसमर्थनको अपिल

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं, नेपाल — चर्चित गायक योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक राजु लामाले गाएका केही चर्चित गीतहरूबारे चासो व्यक्त गर्दै मिडिया र जनसमर्थनको अपिल गरेका छन्।

अमात्यले विवादको केन्द्रमा रहेका राजु लामाले गाएका निम्न चार गीतहरूको बारेमा प्रश्न उठाएका छन्:

तिमीलाई देखेर हिमाल हाँसेको

नतानु त तानु तानु

मेरो नेपाल

उँभो उँभो खासामा

उनले यी गीतहरूको रहस्य खुलाउनुपर्ने आवश्यकता औंल्याउँदै म्यूजिक नेपाललगायतको भूमिकाबारे पनि स्पष्टता माग गरेका छन्। अमात्यका अनुसार यस विषयमा उनले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा निवेदन दर्ता गरिसकेको भनेका छन्।

अमात्यले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गर्दै, जसले यी गीतहरूको असली भिडियो शेयर गर्नेछ, त्यस व्यक्तिलाई मेहनत स्वरूप प्रति गीत २५,हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। तर भिडियोमा तीनवटै शीर्षकहरूमा मंगोलियन हर्ट्स मात्रै लेखिएको हुनुपर्ने उनको सर्त छ।

अमात्यले उल्लेख गरेका छन् कि यी गीतहरूको संगीत र रचना उनले नै गरेका हुन्:

तिमीलाई देखेर हिमाल हाँसेको

नतानु त तानु तानु

मेरो नेपाल

उँभो उँभो खासामा

साथै उनले निम्न तीन गीतका लागि प्याट्रिक कम्पोजर लाई पनि संगीतमा श्रेय दिएका छन्:

नतानु त तानु तानु

मेरो नेपाल

उँभो उँभो खासामा

उनको पोस्टमा भनिएको छ, “यसै माध्यमबाट बिनम्र अनुरोध गरें, सहयोगको लागि। धन्यवाद।”

संगीत क्षेत्र र सार्वजनिक प्रतिक्रिया

अमात्यको यस अपिलले नेपाली संगीत क्षेत्रमा ठूलो भूकम्प गएको छ। फ्यानहरू र कलाकारहरूले यस घटनाको विकासलाई नजिकबाट हेरिरहेका छन्।

कानुनी प्रक्रिया अघि बढिरहेको सन्दर्भमा उनले असली भिडियोको खोजी गरेको आशंका गरिएको छ ।

घटनाको थप विवरण सार्वजनिक नहुँदासम्म यस विषयले नेपाली संगीत क्षेत्रमा बढ्दो कपीराइट समस्या र सिर्जनाको हकबारे नयाँ बहसको सुरुवात गरेको छ। अब अमात्यको यो अपिलले कस्तो मोड लिन्छ भन्ने चासो सबैलाई छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img