Friday, March 6, 2026
54.4 F
Washington DC.

अस्ट्रेलियाको पर्थमा भएको कार दुर्घटनामा नेपाली मूलका चालकसहित चारजनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पर्थ, अस्ट्रेलिया – पश्चिम अस्ट्रेलियाको पर्थस्थित लीच हाईवेमा भएको एउटा ठूलो कार दुर्घटनामा नेपाली मूलका एक चालकसहित चारजनाको ज्यान गएको छ।

नेपाली मूलका ४३ वर्षीय रविन रावलले गलत दिशाबाट गाडी चलाउँदा उनको गाडी ट्याक्सीसँग ठोक्किएको थियो, स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजले जनाएको छ।

दुर्घटनामा रावलको मृत्यु हुनुका साथै ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार ८१ वर्षीय आमा र ५६ वर्षीय छोरीको पनि घटनास्थलमै ज्यान गएको सेभेन न्यूजले जनाएको छ।

सरकारी कर्मचारीका रूपमा पर्थमा कार्यरत रावल घटनास्थलबाट करिब दुई किलोमिटर टाढा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनको असामयिक निधनले स्थानीय नेपाली समुदाय र पर्थका बासिन्दालाई स्तब्ध बनाएको छ, सेभेन न्यूजले उल्लेख गरेको छ।

रावलले सचेत अवस्थामा किन गलत दिशामा गाडी चलाए भन्ने स्पष्ट भएको छैन र प्रहरीले घटनाको छानबिन जारी रहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img