जीएनबी संवाददाता, काठमाण्डौ।
नेकपा एमालेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले योजनाबद्धरुपमा धाँधली गरेको आरोप लगाएको छ ।
एमाले सत्ता गठबन्धनले धाँधली गरेको प्रमाणका रुपमा १५ वटा तर्क विज्ञप्तिमा उल्लेख गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।
सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै एमालेले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने भन्दै सत्ता गठबन्धन दलका नेताहरूको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति खेद व्यक्त गरेको छ ।
महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ : निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको तथा ‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ’ ।
विज्ञप्तिको पूर्ण पाठ :
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया