spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

बालेन: ‘तपाईंहरुको माया देख्दा मरिदिउँ जस्तो लाग्छ’- मेयर बनेको पहिलो दिन मै गाए र्याप गीत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरको स्थानीय तह निर्वाचनमा ६१ हजार ७६७ मतसहित ३२ वर्षका बालेन शाह काठमाडौंको मेयरमा निर्वाचित भएको निर्वाचन आयोगले शुक्रबार विहान घोषणा गर्यो। राष्ट्रिय सभागृहबाट ८ बजेतिर बालेन माला लगाएर बाहिरिएका थिए ।

स्वतन्त्र उम्मेदवार बालेन शाह सत्तारुढ गठबन्धनको समर्थन पाएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन ।

बालेनले सामाजिक मुद्दामा धेरै र्याप गीतहरु सिर्जना गरी गाएका छन् र र्यापरको पहिचान बनाएका छन्। पेशाले बालेन स्ट्रक्चरल इञ्जिनियर हुन्।

तस्विर : काठमान्डौ पोस्ट

युवाहरुको अपार समर्थन पश्चात अब उनी र्यापर बालेनबाट मेयर बालेन भएका छन् । काठमाडौंको मेयरको चुनावमा उनको समर्थनमा उर्लिएका युवाशक्तिहरु र उनले प्राप्त गरेको मत पश्चात अब बालेनको जिम्मेवारी पनि फेरिएको छ। बालेनले मेयरको जिम्मेवारी पाए पश्चात आफ्नो र्याप गीतलाई निरन्तरता दिन्छन कि दिदैनन भन्ने प्रश्नले धेरैलाई सताएको छ।

तर , मेयर निर्वाचनको परिणाम घोषणा भएको पहिलो दिनको धन्यवाद सभामा बालेनले र्याप गीत गाएर आफ्ना फ्यानहरुको जिज्ञासा मेटाएका छन्। धन्यवाद सभाको नाम दिइएको विजय जुलुसलाई टुँडिखेलमा पुगेपछि बिशाल सभामा उनले र्‍याप गाए:
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
देश एउटा सुन्दर बगैंचा होस् । रंगिचंगी फूल हुन् ।
अनुकूल प्रतिकूलहरु चुक्ता गर्ने भावना होस्
सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
पालो हाम्रो हो भेटाउ
कल्पना गर शान्तिको
सपना देख्ने त्यो पूरा हुन्छ
जागृति नै क्रान्ति हो

‘तपाईंहरुको माया देख्दा मरिदिउँ जस्तो लाग्छ’

बालेनको जितमा आयोजित धन्यवाद सभामा छोटो मन्तब्य राख्दै आफूलाई बर्साइएको मायाप्रति आभार प्रकट गरे । उनले यो मायालाई ऊर्जा बनाएर राजधानीको विकास गर्ने बताए । उनले भने -‘तपाईंहरुको माया देख्दा मरिदिउँ जस्तो लाग्छ’ ।

बालेनले आफ्ना मतदाताहरुलाई धन्यवाद दिदै व्यक्त गरेको छोटो मन्तब्य यस्तो थियोः

“हिजो हामी स्वतन्त्रमात्रै थियौं, आज म तपाईंहरु सबैको भइसकेको छु । अब, तपाईंहरुको सार्वजनिक सम्पत्ति भएको छु म ।

तपाईंहरुको दिगो विकासका लागि, यो महानगरको दिगो विकासका लागि हामी सबैजनाले सहकार्य गर्नेछौं । हामी धेरै बोल्नेभन्दा धेरै काम गर्ने र राजनीतिलाई राजनीति नभएर विकासको नाम दिएका छौं । हामी विकास गर्छौं, दिगो विकास गर्छौं । हामी हाम्रो सम्पदा जोगाएर विकास गर्छौं, हाम्रो संस्कृति जोगाएर विकास गर्छौं ।

यो ६० औं वर्ष, २० औं वर्ष पुरानो सिण्डिकेट तपाईंहरुको साथ र सहयोगले तोड्न सफल भएका छौं । तपाईंहरुको यत्ति धेरै माया आएको छ कि यति धेरै माया, यति धेरै सकारात्मकता छ कि मरिदिउँ जस्तो लाग्छ । भोलिको दिनमा बाँच्दा केही भुलचुक होला जस्तो लाग्छ । यत्ति धेरै माया धान्न गाह्रो भएको छ । तर विश्वास गर्नुस्, यो माया, साथ र समर्थनलाई हाम्रो ऊर्जा बनाएर अब आउने पाँच वर्षमा यो ऊर्जालाई प्रवाह गरेर काठमाडौं महानगरपालिकामा विकासको एउटा मोडल ल्याउनेछौं । सबैजना मिलेर काठमाडौं विकास गर्नेछौं, देश विकास गर्नेछौं ।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img