spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न नेपाली क्रिकेट टोली आज शनिबार अमेरिका प्रस्थान गरेको छ। खेलाडीलाई शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विदाइ गरेका थिए।

अमेरिका र ओमानसँगको सिरिजका लागि क्यानले यसअघिनै नेपाली टोलीको घोषणा गरिसकेको छ । यसअघि टोलीमा रहेका विक्रम सोब बिरामी भएका कारण अमेरिका जान पाएनन् । क्यानले विक्रमको स्थानमा सुशान भारीलाई टीममा समावेश गरेको जनाएको छ ।

तस्वीर – क्यान

नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । खेलको तालिका अनुसार नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११, तेस्रो खेल ओमानसंग जुन १४ र अन्तिम खेल अमेरिका संग जुन १५ तारिख खेल्नेछ ।

क्यानले जनाए अनुसार नेपालले सिरिज अघि अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब ‘नेपाली अल स्टार्स ‘ र ‘ह्युस्टन हरिकेन्स’ सँग दुई वटा एकदिवसीय अभ्यास खेल खेल्ने छ।

अमेरिका जानु अघि विदाई कार्यक्रममा बोल्दै कप्तान सन्दीपले नेपाली टिम सन्तुलित रहेको र जस्तोसुकै चुनौतिका लागि पनि तयार रहेको बताए ।

‘हामीले सारजहामा खेलिसकेका छौं, अमेरिकाको पिच त्यस्तै छ । ‘हिम्युडिटि’ अलि बढि छ त्यो चाहि चुनौति हुन सक्छ । तर हामी सबैले जस्तोसुकै परिस्थितीमा पनि खेल्न सक्ने गरि मिहेनत गरेका छौं । हाम्रो टिम एकदमै सन्तुलित छ । र, पक्कैपनि हामी सबै चुनौतिका लागि तयार छौं, सन्दीपले थपे ।’

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

अमेरिका प्रस्थान गरेका नेपाली खेलाडी :

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img