spot_img
Thursday, May 2, 2024
85 F
Washington DC.
spot_img

आमासंग रम्दै अमेरिकी हटियामा

सम्बन्धित समाचार

अमेरिकामा स्वास्थप्रति सचेत भएकाहरु आफ्नो समय मिलाएर तन्दुरुस्तीका लागि जुनसुकै बेला हिँडडुल गर्ने, दौडने वा व्यायाम गर्ने गर्दछन्। त्यसका लागि कुनै समय विशेष छैन। हिजो पार्टीमा खाएको ‘क्यालोरी बर्न’ गर्न भन्दै घाममा समेत स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै दौडनेहरु प्रशस्तै भेटिन्छन्। काम सकेर खाना खानुअघि या पछि घरको छेउछाउ पार्कमा हिँडडुल गर्नेहरु पनि भेटिन्छन्।

प्राय: कर्पोरेट लगायतका उच्चदेखि मध्यम वर्गका कम्पनीहरुले आफ्ना कर्मचारीहरुको शारीरिक तन्दुरुस्तीकालागी आफ्नै जिम पनि सन्चालन गरेका हुन्छन्। तर, कोरोना भाईरसको माहामारी शुरु भए यता प्रायस: कार्यालयहरु बन्द भएकाले मान्छेहरुको दैनिकीमा परिवर्तन आएको छ।

म आफू पनि एक लापरवाह व्यक्ति थिएँ, परिणामस्वरुप बाह्र वर्ष अगाडि ढाड दुख्न सुरु भयो। चिकित्सकले दैनिक जीवनशैली परिवर्तन गर्नु, पोषिला खानेकुरा खानु र व्यायाम गर्नु भन्ने सल्लाह दिए। त्यसपछि मैले आफूलाई व्यायामको तालिकामा ढाल्न थालेँ।

शारीरिक तन्दुरुस्तीकालागि नजिकको पार्कमा मर्निङ्ग वाक गर्दै लेखक

आफ्नो शारीरिक तन्दुरुस्तीका लागि शनिवार बिहान निवासछेउको तालमा म हिँड्दै थिएँ, तालको छेउको फाँटमा एक हुल हाँस चर्दै रहेछन्। सायद शनिवार अबेलासम्म सुत्ने बानीले होला, त्यस दिन हिँड्ने लस्कर पातलो थियो। मर्निङ वाकमा जे जति भेटिए, प्राय: वृद्धवृद्धा नै देखिन्थे। यहाँ हिँडडुल गर्ने तथा साइकल चलाउनेका लागि सुविधायुक्त ‘ट्रेल’को व्यवस्था गरिएको हुन्छ।

अमेरिकामा सरकारले दिएको लेखकको तरकारी बारी

तालछेउ डिलमा बसेर स्थिर पानी, ढकमक्क सजिएका रुखहरु, हरिया चौर र त्यसमा रमाएर खेल्दै गरेका जोडी हाँसहरुलाई एकोहोरो हेर्दै थिएँ, अचानक हिजो राती परेको अविरल पानीका कारण मेरो करेसाबारीको अवस्थाबारे झसङ्ग भए। बारीमा आलु , चमसुर , टमाटर , धनिया , तोरीको साग, खुर्सानी, सिमी , बोडी आदि लगाएको थिए। 

घरबाट ८ माईल टाढा रहेको करेसाबारी मैले सन् २०११ मा काउण्टिबाट वार्षिक लिजमा लिएको थिए। बारीको अवस्था हेर्न म त्यसतर्फ प्रस्थान गरे।

यो पनि पढनु होस। अमेरिकामा सरकारले दिएको करेसाबारी र यसको ब्यबस्थापन

————-

बारीमा घास उम्रेर बोट बिरुवालाई छोप्न थालेको रहेछ , केहि गोडमेल गर्दै गर्दा कसैले पुरानो नेपाली भाकाको खेतबारीमा रोपाईका समयमा गाउने असारे रोपाइँ गीत – ‘रिमी र झिमी पानी है पर्यो’–  गाएको मिठो आवाज सुनियो।

गत राती परेको पानीका कारण त्यस दिन साच्ची नै असारको रोपाइँ जस्तै वाताबरण थियो।  नेपालका गाउ घरमा असारको महिना अनि रोपाइँको छनकले मेरो मन तरंगित भयो।

लेखक बारीमा काम गर्दै

असारे रोपाइँ गीतको सुरिलो आवाजलाई पछ्याउदै म अलिक पर अर्को बारी तर्फ लागे र  पुलुक्क फर्केर हेरेँ। एउटी वृद्धा आमा असारे रोपाइँ गीतको सुरमा आफ्नो बारीमा गोडमेल गर्दै हुनुहुन्थ्यो । आमा संग मेरो आँखा जुध्यो।

 ‘आमा, कति मिठो सुरमा असारे गीत गाउनु भएको ?’ मेरो जिज्ञासामा आमालेले मुसुक्क हाँस्दै जवाफ दिनु भयो , ‘हो बाबु, यसो गोडमेल गर्दैछु , तपाईं पनि यतै बस्नु हुन्छ?’

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

हामीबीच केही भलाकुसारी भए। आमाले छोरी -ज्वाईले  बोलाएर आएको बताउनु भयो। समय विताउन आफुले नेपालको गाउ घरमा गर्दै आएको खेतीपातीको तिर्सना मेटाउन सधै बिहान-बेलुका बारीमा आउने गरेको, तरकारी तथा फुलहरु लगाउने गरेको आमाले बताउनु भयो ।

 ‘नेपाली खानाको स्वाद नमिल्ने, आफ्नो इच्छाले घुमफिरका लागी कतै जान नसकिने, खेतीपाती, हाट बजार घुम्ने बानी त्यो नेदेख्दा बिरानो र न्यास्रो लागेको आमाले बताउनु भयो ।

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

आफ्नो जन्मथलोको तिर्सनाले बिरानो र न्यास्रो मान्नु भएकी आमालाई अमेरिकी हटिया (फार्मर्स मार्केट) र वर्क पार्क तिर घुमाई दिए भने कति रमाउनु हुन्थ्यो होला ? मेरो मनमा कुरा खेल्यो र मैले सोधे – ‘ आमा म सँग अमेरिकी हटिया हेर्न जाने हो ‘?

आमा खुशीले फुरुङ हुँदै ‘जाने’ भन्नु भयो । तर, आमाको छोरीको अनुमती बेगर मैले आफु खुशी लिएर जानु ठीक थिएन। त्यसैले अनुमतीका लागी आमाले छोरीको फोन नम्वर दिनु भयो । छोरीले सहमती दिए पश्चात आमालाई गाडीमा राखी सात माईल टाढा मेरो घर नजिकको हटिया तर्फ लागे।

हटिया पुगे पछी वरिपरी ब्यबस्थित रुपले बेच्न राखेका ताजा फलफुल र हरिया तरकारी देखेर आमाको मुहार हसिलो र उज्यालो देखियो। हटियाको दृश्य देखेर आखा चम्काउदै आमाले भन्नु भयो – ‘आहा यो पो हो त हामी रमाउने ठाउ। ‘हटियाको ब्यबस्थापन र सन्चालनका बारेमा आमाले चासो राख्दा मैले अर्थ्याउने प्रयास गरे।

के हो अमेरिकी हटिया?

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

परम्परा देखी नै नेपालको मधेश हुँदै पहाडी भेगमा कुनै निश्चित दिनमा स्थानियबाट उत्पादन गरीएका वा बाहिरबाट दैनिक आवस्यक सामाग्रीहरु ल्याएर बिक्री गर्ने गरीन्छ्, जसमा त्यस क्षेत्रका किसानहरुले आफ्नो उत्पादनलाई बिक्रीका लागी ल्याउछन भने ब्यापारीहरुले बाहिरका सामाग्रीहरु समेत ल्याएर बिक्री गर्ने गर्दछ्न। नेपालमा भनिने हाट वा हटिया नै अमेरिकाको फार्मर्स मार्केट हो।

अमेरिकी हटिया अत्यन्त ब्यबस्थित र बैज्ञानिक छ। यहाँका राज्य सरकारले आफ्ना स्थानिय किसानहरुबाट उत्पादन गरेका हरिया तरकारी, फलफुल लगायत कृषिजन्य उत्पादनको बिक्री बितरणका लागी दिगो मापदन्ड तथा कार्य योजना बनाएको छ। एका तर्फ किसानका लागी बजारको ब्यबस्थापन गरेको छ भने अर्का तर्फ स्वास्थका लागी आफ्ना जनताहरुलाई ताजा र पोशिला खाने कुरामा प्रेरित गरेको छ। यसप्रकार फार्मर्स मार्केटका माध्यमबाट स्थानिय किसानहरू, विक्रेताहरू र समुदायहरूका बीचमा पारस्परिक लाभहरूलाई  बाडफाड गर्ने सुबिधा र अवसर प्राप्त भएको देखिन्छ।

फार्मर्स मार्केट किन?

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

अमेरिकामा फार्मर्स मार्केटको सन्चालन र ब्यबस्थापनकालागी स्थानिय सरकार तथा सरोकारवालाहरुले पाच उदेश्यहरु निर्धारण गरेका छन।

-आफ्नो मुलुकको ग्रामीण जीवनस्तर उकास्न र खेतीको संरक्षण गर्न

-स्थानीय अर्थव्यवस्थालाई मजबुत बनाउन 

-ताजा, पौष्टिक खानामा पहुँच बढाउन

-स्वस्थ समुदायको बिकास गर्न्

-कृषीको दिगोपनमा स्थिरता कायम राख्न

फार्मर्स मार्केटमा के पाईन्छ?

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

फार्मर्स मार्केटमा उपलब्ध हुने सामाग्रीहरु स्थानिय राज्यको कृषी अवस्थामा भर पर्दछ। फार्मर्स मार्केटहरू आकारमा भिन्न हुन्छन् र सधैँ आफ्नो क्षेत्रको कृषि र सिजनमा निर्भर गर्दछ्न। केही फार्मर्स मार्केटहरू उत्पादनमा ध्यान दिन्छन्, जबकि अरूले फलफूल र हरिया तरकारीहरू, तयार गरिएका खाद्य पदार्थहरू, मासु, अण्डा, फूल र डेयरी उत्पादनहरू बिक्री गर्ने गर्दछ्न। केहीले स्थानीय उत्पादन, शिल्प वा तयार गरिएका खाद्य पदार्थहरू बेचेर कृषि उत्पादनको पूरकको रूपमा बिक्री गर्ने गर्दछन। अमेरिकामा अरगानिक खाध्य सामाग्रीहरुको माग उच्च रहेको र फार्मर्स मार्केटबाट ताजा र  गुणस्तरीय अरगानिक खाध्य सामाग्रीहरु बिक्री हुने भएकाले यसको  संख्यामा क्रमिक रुपले बृद्दी भएको पाईन्छ।

फार्मर्स मार्केटले बिक्री गर्ने उत्पादनहरु कसरी निर्धारण गर्दछ?

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

फार्मर्स मार्केटमा के बिक्री गर्न सकिन्छ भन्ने बारे स्थान, सिजन, र बजारको नियममा निर्भर गर्दछ। धेरै फार्मर्स मार्केटहरुले स्थानीय स्तरमा उत्पादन गरिएका कृषी जन्य, स्थानीय स्तरमा बनाइएका वा स्थानीय रूपमा प्रोसेस गरिएका खाध्यान्नहरू बिक्रीका लागी ल्याउछ्न। यसप्रकार बिक्री गरीने सामाग्रीहरुमा बिक्रीमा राखिएका उत्पादनका बारेमा उपभोक्ताले बुझ्ने गरी लेखिएको हुन्छ्, जसले बिक्रेताहरूले आफै उत्पादन गरेको सामाग्री भन्ने जनाउदछ।

अर्गानिक खाध्य सामाग्रीकालागी फार्मर्स मार्केट लोकप्रिय

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

स्वास्थका लागी बिश्व भरी नै अर्गानिक खाध्य समाग्रीको माग बढदो छ। केहि ग्रसरी स्टोरहरुले अर्गानिक सामाग्रीहरु बिक्री गर्ने भएता पनि फार्मर्स मार्केटमा उपलब्ध सामाग्री जस्तो ताजा हुँदैन। त्यस्तै , ग्रसरी स्टोरले बेच्ने मुल्य भन्दा फार्मर्स मार्केटको मुल्य सस्तो भएको सियाटल युनिभरसिटीको एक अध्ययनले जनाएको छ। 

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत वर्क फार्मर्स मार्केट (हटिया) मा बेच्न राखिएका फलफूल तथा तरकारीहरु

बिश्वका बिभिन्न मुलुकबाट नै बसोबासका लागी आएका आप्रबाशीहरुको बाहुल्यता रहेको यस बिशाल मुलुकको जनसख्या, यस मुलुकमा स्थापित सामाजिक सस्कार, जनताहरुको ब्यस्त जीवनशैली लगायतका कारणहरुले बृद्दी भएको अस्वस्थकर खाध्यसामाग्रीको उपभोगलाई निरुत्साही गर्दै जनताको स्वास्थको बिकास एउटा चुनौती र चिन्ताको बिषय बनेको छ। यसैको उपलब्धी स्वरुप अमेरिकामा लोकप्रिय बन्दै गएको फार्मर्स मार्केटको सङ्ख्यात्मक बृद्दी र खाध्य सामाग्रीको गुणस्तरीय उत्पादन , बिक्री र त्यसको उपभोग  बढनुलाई सुखद उपलब्धी मान्न सकिन्छ।

तस्वीरहरू- तृषा दाहाल

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img