spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

बालेनलाई सुझाव : उपत्यकामा ‘स्लगिङ’  लागू गर !

सम्बन्धित समाचार

३२ बर्षे युवा र्यापरको क्रेज बनाई त्यसमार्फत युवा पंक्तिको रोजाई बन्न सक्नु लगायत उनको स्ट्रक्चरल इन्जिनियरको पेशागत पहिचान तथा उनले काठमाण्डौको बिकासकालागी आफ्नो प्राबिधिक अनुभव अनुरुप उठान गरेका योजनाहरुले काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन शाहको विजय सम्भव भएको थियो ।

युवाहरुले नयाँ प्रयोग रुचाउदै परम्परागत कार्यशैलीलाई रुपान्तरण गरी काठमाण्डौको विकास गर्न चाहेको र त्यसलाई मूर्तरूप दिन बालेनको जीतलाई काठमाण्डौका मतदाताहरुले सकारात्मकरुपमा ग्रहण गरेको देखिएको छ।

यतिबेला, बालेन काठमाण्डौका मेयर भैसकेका छन्। मेयरको जिम्मेवारी ग्रहण गर्नासाथ काठमाण्डौका भिमकाय समस्याका भारले पक्कै पनि बोझिलो महसूस गरेको हुनुपर्छ।

यसै परिवेसमा, नवनियुक्त काठमाण्डौका मेयर लगायतका पदाधिकारीहरुको जानकारी तथा थप अध्ययनकालागी ईन्धन सङ्कट टार्न , प्रदूर्षण घटाउन र ट्राफिक कम गर्न काठमाण्डौ उपत्यकामा ‘स्लगिङ’  विधिको सम्भावनाका बारेमा यहा चर्चा गरिएको छ। 

—————————

रूस र युक्रेन बिचको युग्द्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न गएकाले विश्वमा नै पेट्रोलियम पदार्थको भाउमा उच्च वृद्धि भएको छ। आयातमा निर्भर नेपालजस्तो भूपरिवेष्ठित मुलुककालागि पटक पटकको इन्धनको सङ्कटले दिर्घकालिन समाधानका बिबिध उपायहरुमा सरकार तथा सिङो नेपाली जनतालाई सोच्न बाध्य पारेको छ ।

नेपालमा प्राकृतिक बिपती पर्दा वा भारतीय नाकाबन्दी हुदा, नेपालीहरुले मट्टितेल, खाना पकाउने ग्यासको बिकल्पकालागी विद्युतीय चुल्हो (इन्डक्सन कुकटप) , गाउघरमा सुधारिएको चुल्हो तथा गोबरग्यासलाई प्रयोगमा ल्याएका थिए । कुनैताका भारतीय नाकाबन्दिका समय  साइकल खरिदमा समेत सरकारले भन्सार महशुल सुबिधा दिएको थियो । त्यस्तै, बिगतमा  पेट्रोल , डिजेलको अभाव टार्न कार्यालय आवत जावतकालागी काठमाण्डौमा केहि ‘सेयर एन्ड राइड’ गरेको पनि देखियो । यस्ता मितब्ययी बिधीहरु फेसनकालागी नभएर आवस्यकताकालागी स्थाई हुनु आवस्यक देखिन्छ । 

यसै सन्दर्भमा, बढदो इन्धनको मूल्य, उच्चरूपको वायु प्रदूर्षण तथा उपत्यकाको ट्राफिक जाम जस्तो वर्तमान अवस्थामा स्लगिङको सवारी प्रयोग एक उपयोगी र मितब्ययी विधि हुन सक्ने बिचार यस लेख मार्फत प्रस्तुत गरेको छु ।

स्लगिङ के हो?

अमेरिकाको वाशिंगटन, डीसी महानगरीय क्षेत्रमा कार्यालय समयमा आवत जावत गर्नका लागी अत्याधिक ट्राफिक हुने हुँदा उत्तरी भर्जिनिया र वाशिंगटन डिसीका बिच कार्यालय समयमा सुगम यातायात होस भन्ने हेतुले यस छेत्रमा HOV (High Occupancy Vehicle) लेनको स्थापना गरिएको छ । यस लेनमा गाडी चलाउनकालागी कम्तिमा तीन जना सवारी अवस्यक हुन्छ ।अत्: आफ्नो गन्तब्य स्थानमा जान वा फर्कनका लागी तोकिएको संख्याका मान्छेहरु गाडीमा राखी सवारी लिएर HOV लेनको प्रयोग गर्नुलाई स्लगिङ भनिछ । यो बिधी स्वस्फुर्तरुपमा स्थानिय जनताबाट स्थापना गरिएको हो।  यो लेन एक प्रकारको एक्स्प्रेस लेन जस्तै हो । यस बिधीको सवारीमा गाडी वालालाई HOV लेनमा तोकिएको सवारी चाहिएको हुनाले गाडी चढने ब्यक्ती (स्लगर ) ले गाडी वालालाई पैसा तिर्नु पर्दैन, यो निशुल्क हो ।

HOV लेन : कम्तिमा ३ जना सवार भएको गाडीका लागी उपलब्ध लेन

यस बिधीलाई संचालन गर्न स्लगरहरुले आफ्नै शिष्टाचार र नियम बनाएका छन, जसमा मुख्य नियमहरु यस प्रकार तोकिएको छ :

१) HOV लेन प्रयोगका लागी गाडीमा तीन जना वा सो भन्दा बढी हुनु पर्नेछ ।

२) सबै स्लगरहरु लाईन लागेर सवारी कुर्नु पर्ने, पहिला जो उभिएको छ उसैले पहिला गाडी चढन पाउछ ।

३) स्लगरहरुलाई गाडी भित्र खाना खान, धुम्रपान गर्न निषेध गरिएको छ ।

४) गाडीको चालक बाहेक गाडीमा बस्ने स्लगरहरुले झ्याल ढोका खोल्न पाउने छैनन् ।

५) गाडीमा फोन गर्न पाइने छैन, तर अत्यन्त आवस्यक भएमा गाडी चालकलाई जानकारी दिएर फोन गर्न पाइनेछ ।

४) गाडी भित्र राजनैतिक्, धार्मिक तथा यौनका बारेमा कुराकानी तथा छलफल गर्न पाइने छैन ।

६) सिट बेल्ट सबैका लागी अनिवार्य छ ।

७) गाडी भित्र फोहर गर्न र फ्याल्न मनाही छ ।

८) गाडीमा सवार भए बापतको शुल्क वा पैसा लिन दिन पाइने छैन ।

९) गन्तब्यमा पुगेपछी एक आपसमा धन्यबादको आदन प्रधान गर्ने ।

स्लगिङको सुरुवात:

१९७० को दसकताका खाडी युग्दका समयमा खाडीका पेट्रोलियम निर्यात गर्ने देशहरु (ओपेक्) ले तेल निर्यातमा   अमेरिका लगायत नेदरल्याण्ड माथी प्रतिबन्ध लगाए पश्चात अमेरिकामा इन्धनको खपतमा मितब्ययिता अपनाउनकालागी स्लगिङको अबधारणा सुरु भएको अनुमान गरिन्छ । वाशिंगटन डीसी र उत्तरी भर्जिनिया क्षेत्रमा करीब ४० बर्ष आगाडी अर्थात सन् १९७५ तिर कारपोल र भ्यानपोलका लागी HOV लेन सुरु भए लगत्तै स्लगिङ पनि सुरु गरिएको अनुमान गरिन्छ । तथापी , सरकार सँग स्लगिङको आधिकारिक अध्ययन बारे रेकर्ड नभएको हुँदा स्थानिय जनताहरुसँगको प्रत्यक्ष अन्तरबार्ताका आधारमा स्लगलाईन डट कमले स्लगिङको सुरुवाती इतिहास केलाएको छ । 

स्लगिङ र कार्पोलिङमा भिन्नता:

स्लगिङमा प्रतेक दिन लिफ्ट लिने र दिने फरक फरक हुन्छन भने कार्पोलिङमा प्रतेक दिन लिफ्ट लिने र दिने एउटै ब्यक्तीहरु हुन्छन। स्लगिङमा गाडीवालालाई HOV लेनमा गाडी चलाउन तोकिएको सवारी चहिने हुँदा निशुल्क सवारी हुन्छ भने कार्पोलिङमा आपसी समझदारी अनुसार आलो पालो गाडी चलाईन्छ र खर्च पनि दामासाहीले बाड्फाड गरिन्छ। स्लगिङ HOV लेनको प्रयोगका लागी मात्र गरिन्छ भने कार्पोलिङ कुनै पनि स्थानमा नियमित आवत जावतका लागी निश्चित ब्यक्तीहरु मिली गरिन्छ ।

तोकिएको सवारी संख्या नभएकाहरुले HOV लेनमा सवार चलाएमा जरिवानाको व्यबस्था

अमेरिकामा स्लगिङ गर्दा हुने मुख्य फायदाहरु:

१) स्लगिङ्गकालागि एकजना स्लगर (गाडी वाला ) बाहेक गाडिमा बस्ने व्यक्तिहरुले ईन्धन प्रयोग गर्नु नपर्ने हुदा उनीहरुको नगद तथा ईन्धन खपतमा बचत हुने ।

बचत (अनुमानित) = मासिक $४६६ र वार्षिक =$५,५८७ 

मानौ, ५ सिटे एउटा गाडीमा जम्मा ४ जना छन् भने ३ जनाले ईन्धन खपतमा बचत गर्ने छन् , साथै सो बराबरको नगद समेत बचत हुने भयो।

उदाहरणका लागि : एक व्यक्तिले आतेजाते दिनको ४० माईल गाडी चलाउछ भने गाडीमा बसेका ३ जनाले १२० माईल/प्रतिदिन चलाउदा ३ जनाले मासिक २,४०० माईल (हप्तामा ५ दिनका दरले ) तथा बार्षिक २८,८००  माईल चलाउने भए।  एउटा गाडीले १ ग्यालेन बराबर औषत २५ माईल पेट्रोल खपत गर्छ भने , मासिक ९६ ग्यालेन र बार्षिक १,१५२ ग्यालेन पेट्रोलको बचत संगै प्रति ग्यालेन औषत ४. ८५ डलरको हिसाब गर्ने हो भने मासिक ४६६ डलर तथा बार्षिक ५,५८७  डलरको नगद बचत हुने भयो।

२) प्रदुषण र बाताबरण सन्तुलन राख्न मद्दत् पुग्ने भयो ।

३) इन्धन आयातमा बचत र मितब्ययिता बढ्ने भयो ।

४) समयको बचत र आवत जावतमा सुबिधा पुग्ने भयो ।

५) कार्यालय समयमा हुने अत्याधिक ट्राफिकको नियन्त्रणमा योगदान पुग्ने भयो ।

काठमाडौं उपत्यकामा स्लगिङ सम्भव छ:

नेपाल जस्तो भुपरिबेस्ठित मुलुकका लागी स्लगिङ बिधीको सुरुवात अत्यन्त लाभकारी देखिन्छ । बर्तमान इन्धन समस्यालाई नै हेर्ने हो भने पनि नेपालका राजमार्ग तथा काठमाडौं भित्र प्रवेश गर्ने ठुला बाटाहरुमा निस्चित समय तोकी रिभर्सेवल लेन मार्फत स्लगिङको सुरुवात गर्न सकिन्छ । यसमा जनताले नै स्वस्फुर्तरुपमा स्लग लाईन स्थापना गर्न सक्छन, तर सरकारी निती र अनुगमन पनि आवस्यक पर्दछ ।

उदाहरणका लागि: सुर्यबिनायक देखी कोटेश्वर, कोटेश्वर देखी माइतिघर्, थानकोट देखी त्रिपुरेश्वर, बुढानिलकण्ठ  देखी नारायनगोपाल चौक आदीकालागी एउटा लेनलाई कार्यालय समयमा समय तोकी HOV लेन बनाएर स्लगिङ प्रयोग गर्न सकिन्छ ।

सरकारी निती र अनुगमन:

सरकारले स्लगिङ गर्ने सवारी चालक र सवारी लिने स्लगर्सका लागी सुरक्षाको प्रत्याभुती दिनु पर्दछ । यसकालागि एउटा कार्य योजना बनाई निम्नअनुसारको सुरक्षाको प्रत्याभुती प्रदान गर्न सके स्लगिङ बिधीले सार्थकता पाउने छ:

१- स्लगिङ स्टेसन तोक्ने

२- ट्राफिक कर्मचारी लाई स्लगिङ स्टेसनमा ब्यबस्थापनका लागी खटाउने

३- स्लगिङका गाडीहरुको रेकर्ड राख्ने

४- गाडीमा बस्ने स्लगरहरुको रेकर्ड राख्ने

५- गाडी रोक्न र स्लगर चढाउन पाउने स्थानहरु तोक्ने

६- स्लगिङको नियम बनाउने, लागु गराउने र अनुगमन गर्ने 

निस्कर्ष:

माथि बर्णन गरिएझै अमेरिकामा सफल भएको  स्लगिङ विधिको उपलब्धि  र त्यसबाट हुने फायदालाई मध्यनजर गरी  काठमाण्डौमा पनि स्लगिङको ब्यबस्थापन गर्न छलफल हुनु, अध्ययन गर्नु र योजना बनाउन ढिलो गर्नु हुँदैन । जसरी अमेरिकालाई खाडी युग्द्दताका तेल निर्यातमा अबरोध भयो र उसले त्यही समय देखी मितव्ययिताका बिभिन्न उपायहरु अबलम्बन गर्‍यो, त्यसैगरी आज नेपालले स्लगिङ्, कारपोल्लिङ जस्ता बिधी अपनाउनु आवस्यक छ । बिदेशी इन्धनमा पुर्णरुपमा भर पर्ने नेपाल जस्तो सानो र सिमित स्रोत र साधन भएको देशकालागी इन्धनमा गरिने खर्चमा बचत गरी वैदेशिक ऋण भार र गरीबीले थला परेका जनतालाई मलम लगाउनु आजको आवस्यकता र सरकारको पहिलो प्राथमिकता हुनु पर्दछ ।

इन्धनको प्रयोग र अत्मनिर्भरतामा नेपालले निर्णय गर्ने बेला भएको छ । इन्धनको मितव्ययी प्रयोगकालागी यस  भूपरिबेष्ठिट देशले अबलम्बन गर्नु पर्ने धेरै उपायहरु मध्ये माथि औलाइएको स्लगिङ एक भरपर्दो उपाय हुन सक्छ जसमा काठमाण्डौ उपत्यकाका मेयरहरु लगायत सरोकारवालाहरुले अध्ययनमा बिलम्ब नगरी आफ्नो धारणा अगाडी ल्याउनु पर्दछ।  निश्चित समय तोकी काठमाण्डौ आउने जाने बाटोमा यो बिधिको प्रयोग गरिएमा ऐले देखिएको इन्धनको हाहाकारी, बढदो प्रदूषण र अनियन्त्रित ट्राफिकलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img