Friday, March 6, 2026
53.4 F
Washington DC.

तारा एयर विमान दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त, १ जनाको शवको खोजी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ । 

तारा एयरले आज एक विज्ञप्ति प्रकाशित गरी विमान दुर्घटनामा परी निधन भएका २२ मध्ये हालसम्म २१ जनाको शव फेला परेको जनाएको छ। तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको र ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईरहेको जानकारी गराएको छ ।

तारा एयरले जारी गरेको विज्ञप्ति अनुसार शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ। बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।

त्यस्तै संकलित सम्पूर्ण शवहरुको पोस्टमार्टम गरिसकेपछि प्रक्रियाअनुसार सम्बन्धित परिवारजनहरुलाई हस्तान्तरण गरिने तारा एयरले जनाएको छ ।

यतिबेला दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका आइपुगेको छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img