spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

काठमाडौं महानगरपालिकाले २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने, निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता कार्यका लागि हाल २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो।

सोमवार बसेको काठमाण्डौ नगर कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेन शाहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने लगायतका कार्य ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्न राखेको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ ।

यस्तै, बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकले महानगर प्रमुख बालें शाहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरुमा (एमाले) का तर्फबाट उपप्रमुख सनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा (एकीकृत समाजवादी) का सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।कार्यदलको बैठक मङ्गलबार बस्ने जनाइएको छ ।

बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी भएको र उनीहरु आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन तयार रहेको मेयर शाह ले जानकारी दिए । त्यस्ता रेष्टुरेन्टमा महानगरले संकेत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय नि:शुल्क गर्ने,’ आफ्नो प्रस्ताव राख्दै मेयर शाहले भने। ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं’, महानगरले सर्टिफाइ गरिदिन्छ, ‘ उनले भने।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img