spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

फुर्वा र मिरूना बीच यसरी मिलापत्र भयो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि भएको भनिएको अभद्र व्यवहार (ब्याड टच) प्रकरणमा अभिनेत्री मिरुना मगर र आरोपि फुर्बा तामाङबीच एक सहमतिपत्रमा हस्ताक्षर गरी आपसमा समझदारी भएको छ ।

मिरूना र फुर्वा दुवैले आ-आफ्नो तर्फबाट भएको गल्ति स्वीकार गर्दै आपसमा मिलापत्र गरेका हुन।

आरोपित फुर्वा तामाङले आफ्नो गल्ती स्वीकार गर्दै अभिनेत्री मिरूनासंग माफी मागेका थिए।

त्यसैगरी, अभिनेत्री मिरूनाले पनि फुर्वालाई भाइ सम्झेर माफी दिएको सहमतिपत्रमा उल्लेख छ। 

कबड्डी-४ फिल्मको प्रमोशनको लागि मिरूना लगायतको टोलीले सिभिल मलमा आइतबार कार्यक्रम राखेका थिए । कार्यक्रमस्थलमा फ्यानहरूसँग फोटो खिचाउने कार्यक्रमका दौरान फुर्वाले मिरूनाको शरिरमा गलत मनशायले छोएको (ब्याड टच गरेको) र मिरूनाले एक झापड समेत हानेकी थिईन। सो पश्चात आफुलाई ब्याड टच गरेको भन्ने उजुरीमा प्रहरीले फुर्वालाई पक्राउ गरेर अर्को दिन धरौटीमा छोडेको थिए।

अभिनेत्री मिरूनाले भिक्षुमाथि झुटो आरोप लगाएर थप्पड हिर्काएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भए पश्चात अभिनेत्री मिरूनाले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले आफुले कुनै कार्य नगरेको भन्दै कुनै समुदायमाथि पर्न गएको असरप्रति क्षमा मागेकी छन्। 

‘उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्,’ सहमतिपत्रमा लेखिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img