spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

भारतीय गायक केकेको अन्तिम प्रस्तुति – पल (भिडियो सहित)

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल्” ! मृत्यु हुनुभन्दा केही घण्टा अघि केके भनेर चिनिने भारतीय लोकप्रिय गायक कृष्णकुमार कुननाथले दक्षिण कोलकाताको नजरुल मञ्चमा सयौं मानिसहरूको भीडमा यो गीत गाएका थिए ।

‘यारौं’, ‘पल’ जस्ता लोकप्रिय र अविस्मरणीय गीतबाट सबैको मन छुने केकेले छोटो उमेरमा नै संसार छाडेका छन्। मे ३१ मा कोलकातामा एक कन्सर्टपछि मंगलबार राति ५३ वर्षको उमेरमा केकेको निधन भएको थियो ।

गुरुदास कलेजले आयोजना गरेको नजरुल मञ्चको एक कार्यक्रममा कन्सर्टका लागि उनी आएका थिए । केकेले प्रदर्शन गर्दा असहज महसुस गरेको बताइएको छ।

आफ्नो होटेल फर्किएपछि केकेले असहजताको गुनासो गरेपछि उनलाई अस्पताल पुर्याइयो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।

उनको मृत्युको खबरले स्तब्ध भएका उनका संसारभरका फ्यानहरु उनको अन्तिम प्रदर्शनको भिडियो खोजी खोजी हेरि रहेका छन्। सामाजिक संजालमा भायरल भएको केकेको अन्तिम प्रदर्शनमा सदाबहार लोकप्रिय गीत ‘पल’लाई हेर्न सकिन्छ । दर्शकहरूले आफ्नो स्क्रिन-लाइट फोनहरू हावामा हल्लाउँदै केके को गीतमा झुमेका थिए। केकेको यो अन्तिम प्रस्तुति हेर्नुहोस्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img