spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

बालेनको चुनौतीः काठमाडौं महानगरको खर्च गर्न बाँकी १३ अर्ब रुपैयाँ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ।

वैशाख महिना पालिकाको निर्वाचनमै केन्द्रित भएकाले विकास बजेट खर्च हुन सकेन। महानगरद्वारा सार्वजनिक तथ्यांकमा ९ महिनाको खर्चको अवस्था १४ दशमलव १ प्रतिशत मात्र रहेको स्पष्ट हुन्छ।

महानगरमा नव निर्वाचित मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० प्रतिशत भन्दा बजेट कसरी खर्च गराउन सक्नुहुन्छ यो निकै चुनौतिपूर्ण देखिन्छ।

महानगरका एक वरिष्ठ कर्मचारीका अनुसार – काठमाडौंका पूर्व मेयर विद्यासुन्दर शाक्यले विकास कार्यक्रमहरूलाई गतिशील बनाउन कुनै चासो दिनु भएन। महानगरमा श्रोत थुप्रिएर बसेको छ, अर्कोतर्फ महानगरको विकासको समस्या पनि बढ्दै गएको छ।

महानगरद्वारा सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षमा महानगरको बजेट १६ अर्ब २५ करोड ६६ लाख ७८ हजार छ तर नौ महिनामा दुई अर्ब ३० करोड मात्र खर्च भएको छ।

महानगरको खर्च विवरण हेर्दा पूर्वाधार विकासमा खर्च निकै कमजोर देखिन्छ। अहिले पनि ठोस योजनाहरू कार्यान्वयनमा गैरहेका छैनन्। कतिपय योजनाको टेन्डर समेत भएको छैन भने वडाहरूबाट उपभोक्ता समिति मार्फत गरिने पूर्वाधारका कामका लागि सम्झौता पनि भएका छैनन्।

महानगरका ती वरिष्ठ कर्मचारी भन्छन् – नव निर्वाचित मेयरले बजेट र विकास कार्यक्रम बारे त आजसम्म पनि ब्रिफिङ लिएका छैनन्। जबकी पहिलो बैठकमा उहाँले यसबारे चासो दिनु होला भनी हामीले तथ्यांक अद्यावधिक गरेका थियौं।

महानगरले आफ्नो वेबसाइटमा स्वत: सार्वजनिक गरेको विवरण सूची अनुसार पूर्वाधार विकासमा ८ अर्ब ३१ करोड १६ लाख २४ हजार बजेट विनियोजन गरिएको छ। तर, चैतसम्ममा १ अर्ब पनि खर्च हुन सकेको छैन।

एकातर्फ विनियोजित कार्यक्रमहरूलाई कार्यान्वयन गर्नुपर्ने छ, अर्कोतर्फ ती कार्यक्रमहरू कार्यान्वयनमा हुने भ्रष्टाचारको व्यापक समस्यालाई नियन्त्रण गर्नु छ। नव निर्वाचित मेयर बालेन्द्र शाहका अगाडि आगामी आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने दायित्वसँगै ती चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिन्छ।

सामाजिक विकासको क्षेत्रमा विनियोजित रकम ३ अर्ब २६ करोड र आर्थिक विकासका लागि छुट्टाएको १ अर्ब ४३ करोड बजेट त झन कार्यान्वयन जानै सकेको छैन। महानगरका विभिन्न कोषहरूको नममा विभिन्न बैंकमा थुप्रिएको रकमको त जानकारी नै पारदर्शी छैन। अघिल्लो मेयर विद्यासुन्दरको चासो नै बजेटको रकम बैकहरूमा जम्मा गर्नेमा मात्रै थियो, ती कर्मचारी सुनाउँछन्।

महानगरमा सेवाप्रवाह र सुशासनको अवस्था त झन गएगुज्रेको छ। सुशासन प्रर्वद्धन गर्न यो वर्षको बजेटमा विनियोजित ९२ करोड रुपैयाँ मध्ये १६ करोड खर्च भैसकेको छ। यो रकमको सदुपयोग रचनात्मक विधिहरू कार्यान्वयन गरी सुशासनको अवस्था सुधार ल्याउन सकिन्छ। तर हालसम्म आगामी बजेटको तयारीका लागि टोलबस्तीमा नागरिक सहभागितामा छलफल गर्नुपर्ने काम अगाडि नै बढेको छैन।

वर्षमा २ अर्ब भन्दा बढी प्रशासनिक खर्च हुने काठमाडौं महानगरपालिका केवल कर्मचारी पाल्न र जनप्रतिनिधिलाई सेवा– सुविधा वितरण गर्न मात्र सीमित रहेको उसको खर्च व्यवस्थापन क्षमताको अवस्थाले छर्लङ्ग हुन्छ।

स्वतन्त्र रुपमा नवनिर्वाचित युवा मेयर बालेन्द्र शाहले काठमाडौंको यो निष्कृय ढुकुटीलाई चलायमान गराएर विकासको लागि परिवर्तनको अभियान हाँक्ने मौका पाउनु भएको छ। महानगरको अर्का वरिष्ठ अनुभवी कर्मचारी भन्छन् – काठमाडौं महानगर अल्छीहरूको अखडा जस्तो प्रशासनिक केन्द्रका रुपमा मात्र सीमित हुँदै आएको छ। जबकी विकासका लागि जिम्मेवारी पनि छ, श्रोत पनि छ।

–––

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img