spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

मन्त्रीहुने सपना चकनाचुर : नेकपा एसभित्र चर्कियो विवाद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।

बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेरको लिस्ट बोकेर बालुवाटार पुगेका माधवकुमार नेपालको चर्को आलोचना भएको थियो ।

मन्त्रीका लागि लिस्टमा परेकाहरु दौरा सुरुवाल चिटिक्क पारेर शपथ ग्रहणको समय कुर्दै गर्दा पुराना मन्त्रीहरु नै यथावत रहने भए पछि उनीहरुको मन्त्रीहुने सपना चकनाचुर भएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु फेर्ने निर्णय गरे पछि मन्त्रीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय रोक्न दबाब दिएपछि देउवा पछि हटेका हुन् । त्यसपछि सोमबार बिहान प्रधानमन्त्री देउवाले सत्तागठबन्धनको बैठक बोलाए । बैठकमा सत्तागठबन्धन र बजेटमा आउने सङ्कट देखाएर सत्ता गठबन्धनका शीर्ष नेताहरु तत्कालै मन्त्री परिवर्तन नगर्ने निष्कर्षमा पुगेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणी चौधरीलाई शहरी विकास मन्त्रालय, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या र हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सहभागी गराउने निर्णय गरेको थियो ।

यसैगरी, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृतिमन्त्री प्रेम आलेमगर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई सरकारबाट फिर्ता गर्ने जनाइएको थियाे ।

नेकपा एसको संसदीय दलभित्र हाल मन्त्री रहेका नेता र उनीहरु निकटको बाहुल्यता रहेका कारण उनीहरुलाई मन्त्रीबाट हटाएको अवस्थामा पार्टी भित्रको सन्तुलनमै पनि खलबल हुने अवस्था रहेको श्रोतले बताएका छन् ।

हिजो देखि सामाजिक संजालमा र व्यक्तिगत रुपमा बधाइ खाएका र आजै मन्त्रीका लागि शपथ ग्रहणको समय कुरेर बसेका एकीकृत समाजवादीका नयाँ मन्त्रीहरू जिल्ल परेका छन्। आइतबार अबेर भइसकेको र सार्वजनिक बिदा पनि भएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आकलन गरिएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img