Friday, March 6, 2026
51.9 F
Washington DC.

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन बिरुद्द अविश्वासको प्रस्ताव दर्ता , आज मतदान हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत बढी हाउस अफ कमन्सका सदस्यहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनप्रति आफूहरूको विश्वास नभएको भन्दै सुचना दर्ता गरे पछि अविश्वासको प्रस्तावमाथि आज सोमबार मतदान हुने भएको छ ।

कोरोनाभाइरस महामारीका दौरान बेलायतमा लकडाउन भएका बेला जोनसनको कार्यालय र निवास रहेको स्थानहरुमा मान्छे भेला गरी भोज / पार्टीहरू गरेको तथ्य मिडियाहरुबाट बाहिरिएपछि उनी विवादमा परेका थिए। उक्त ‘पार्टीगेट’ काण्डका कारण जोनसन बेलायतको प्रधानमन्त्री रहिरहन योग्य नरहेको भन्दै उनको पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

सोमबार साँझ अविश्वास प्रस्तावमा कन्जरभेटिभ पार्टीका ३५९ सांसदले मतदान गर्ने छन्। जोनसनले १८० सांसदको भोट नपाएमा प्रधानमन्त्री पद बाट मुक्त हुने छन् ।

जोनसनले बहुमत नपाएको खण्डमा कन्जरभेटिभ पार्टीले नयाँ नेता छान्ने प्रक्रिया सुरू गर्नेछ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ पार्टीको नेता छानिएको व्यक्ति बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img