spot_img
Sunday, September 22, 2024
67.9 F
Washington DC.
spot_img

लोकदोहोरी गायिका दिलमायाको `सुसाइड नोट´-‘मसित थोरै सुन छ, बेचेर मेरो छोरालाई दिनू’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएको प्रहरीले जनाएको छ ।अनुसन्धान भैरहेकोले दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।

पतिसँग सम्बन्धविच्छेदपश्चात दिलमाया केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

राजु परियारलगायतसँग दिलमायाले गाएका गीतहरू चर्चित छन् ।

शुक्रबार राति दिलमायाले आफ्नो फेसबुकवालमा एक मार्मिक स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छन्।

दिलमायाले फेसबुकमा लेखेको पोष्ट यस्तो छ (भाषा सम्पादनसहित) :

नमस्कार सबै जनामा मिठो सम्झना छ । जिन्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै मरेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुझाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो । सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू ।  मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्टमार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू । अरसलाई पनि कसैलाई केही नगर्नू । मेरो शव जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img