Tuesday, April 15, 2025
54.3 F
Washington DC.

मन्त्री छोडनु परेको पीडा : शहरी विकासमन्त्री रामकुमारी झाँक्री आशु झार्दै बिदा भईन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै शहरी विकास मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको “फेरि भेटौंला” कार्यक्रममा रामकुमारी झाँक्री राेएकी छन् । झाँक्री आइतबार साँझ औपचारिकरुपमा बिदा भएकी छन् । झाँक्री आठ महिना २० दिनको कार्यकालपछि बिदाई भएकी हुन् । उनले आयोजित पत्रकार सम्मेलनमा राजीनामा दिएको घोषणा गरिन्।

पत्रकार सम्मेलन अगाडि उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन्।

उनको बिदाई कार्यक्रम मन्त्रालयमा भएको थियो र कार्यक्रममा भावुक हुदै झाक्रीले पटक पटक टिस्यु पेपरले आँसु पुछिन्।

बिदाई कार्यक्रममा भावुक हुदै झाँक्रीले पार्टीबाट निर्णय गरेर मन्त्री भएको तर पार्टीमा केही समयपछि साथीहरुले दिन गन्ती गर्न थाल्नुभएको गुनासो गरिन । मन्त्री हेरफेरको विषय मिडियाबाट थाहा पाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरिन ।

पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनु पर्ने भनेर मन्त्री छाडन चाहेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उनीहरु हटेनन् ।

तर शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img