Wednesday, April 16, 2025
58.5 F
Washington DC.

नोभाक जोकोभिचले जिते सातौंपल्ट विम्बल्डन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको २१ औं ग्रान्ड स्लाम उपाधि जितेका छन् । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा हराउदै उक्त जित हासिल गरेका हुन् ।

विश्व नम्बर एक जोकोभिचको यो सातौं विम्बल्डन उपाधि हो । यो जित सगै उनले लगातार चौथो पटक विम्बल्डनको उपाधि हासिल गरेका छन् । यससँगै उनको ब्यक्तिगत ग्रान्ड स्लाम उपाधि संख्या २१ भएको छ ।

जोकोभिचले जितपछि भने “यो प्रतियोगिता र यो ट्रफीले मेरो लागि के अर्थ राख्छ भन्ने शब्दहरू मैले गुमाएको छु। यो सधैं सबैभन्दा विशेष प्रतियोगिता हो। यसले मलाई टेनिस खेल्न उत्प्रेरित गरेको थियो। हरेक पटक यो प्रतियोगिता थप विशेष र अर्थपूर्ण हुन्छ।

धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडीको सूचीमा जोकोभिच दोस्रो स्थानमा छन् । शीर्षस्थानमा स्पेनिस राफेल नाडालको नाममा २२ वटा ग्रान्ड स्लाम उपाधि छ । यसपटक चोटका कारण नाडालले सेमिफाइनलमा क्रिगोसलाई वाकओभर दिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img