spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

स्वादको राजा: कालानमक धानकाे चामल, जाे आफैंमा एउटा व्यञ्जन हो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
नरेश-के.सी

बौद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको संरक्षणमा बुद्ध जन्मस्थल लुम्बिनीका किसानहरू जुटेका छन्। कालानमकलाई धेरैले कालानिमक पनि भन्दछन्।मिठो वासना र मुखमै टाँसिने स्वाद भएको कालानमक धानको चामललाई अरुभन्दा तेब्बर मूल्य पर्छ। कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ । धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ । कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो । मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न लालायित देखिन थालेका छन्।

बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचार प्रसारमा स्थानीय युवाहरू चन्द्र पाठक, अर्जुन कुर्मीहरूले अभियान नै चलाएपछि कालानमक धानको महत्त्व बुझेर लुम्बिनीका किसानहरूले उक्त धान लगाउन थालेका हुन्।वर्षौदेखि कालानमक धानको खेती गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोप्दै आएको बताउनुभयो।

स्थानीय जातको यो धान परम्परागत रूपमा कृषकले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धान खेतीप्रति किसानको बढ्दो आकर्षणका कारणले कालानिमक धान विस्थापित हुँदै गएको किसान राम उजागिर पाण्डे बताउनुभयो ।

कालानमक धानको खेती

बुद्धकालीन समयको धानको प्रजाति भएकाले बजारमा कालानमक धानको माग रहेको पूर्णिमा पाठकले बताउनुभयो । बजारमा माग भए पनि लागत धेरै हुने र उत्पादन कम हुने भएकाले किसानको आकर्षण नभएको भन्दै राज्यले लोपोन्मुख धानको संरक्षण गरी त्यसलाई पर्यटनसँग जोडेर काम गर्नु पर्ने पाठकले बताउनुभयो ।
मौलिक पहिचान बोकेको यो धानलाई धेरैले बुद्ध धर्मसँग जोडेर अनेक कथा उपकथा सुनाउने गर्दछन् । मौलिक पहिचान जोगाउनका लागि पनि अहिलेका युवा पुस्ताले कालानमक धानलाई संरक्षण गर्ने दायित्व निर्वाह गर्नु आवश्यक रहेको युवा कृषक मुरलीकुमार कहारले बताउनुभयो ।

ब्राण्डिङ र प्याकेजिङ गरिएकाे कालानमक धानकाे चामल

यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकाले सिँचाइको व्यवस्था उपयुक्त भएको खेतमा मात्र लाउन सकिन्छ । कालानमक धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका हुन् । लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ ।
भारतको लखनउको रिजनल फुड एण्ड रिसर्च एनालाइसीसको एक रिर्पोटमा कालानिमक चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने उल्लेख छ । उक्त रिर्पोटमा एक सय ग्राम कालानमक धानमा भिटामिन ए (बिटा कैरोमिन) को मात्रा शून्य दशमलब ४२ ग्राम रहने गर्दछ ।

शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रूपमा कालानिमक धानलाई स्थापित गरेको ऐतिहासिक विवरणहरू पाइन्छन् । बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनताहरू काठको हलो लिएर कालानमक धान रोपाइँ गर्ने गर्दथे भन्ने विवरणहरू पनि पढ्न सुन्न पाइन्छ ।
यसरी बौद्धकालीन सभ्यतासँग जोडिएको कालानिमक धानको चामल आजकल भने दुईचार किलो मात्र भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाएर त्यसलाई स्वादिष्ट व्यञ्जनका रूपमा खानेख्वाउनेहरूको संख्या बढ्दै गएको छ।

तस्बिरः चन्द्र पाठक

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img