spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

श्रीलङ्काका प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिको शपथ लिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार श्रीलङ्काको अन्तरिम राष्ट्रपतिको सपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश जयन्थ जयसूर्याले विक्रमासिङ्घेलाई अन्तरिम राष्ट्रपतिको सपथ ग्रहण गराएका थिए ।संसदले नयाँ राष्ट्रपति चयन नगरेसम्म विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रूपमा काम गर्ने छन् ।

यसअघि सिङ्गापुर पुगेका राष्ट्रपति गोटबाया राजापाक्षेले सभामुखलाई इमेलमार्फत राजीनामा दिएका थिए । श्रीलंकाका सभामुख महिन्दा यापा अबेवर्देनाले राष्ट्रपति राजापाक्षेको राजीनामाको औपचारिक घोषणा गरेका थिए ।

“दक्षिण एसियाको सबैभन्दा पुरानो लोकतन्त्र भएकोले म सबै राजनीतिक दल र जनतालाई लोकतान्त्रिक अभ्यासको पालना गर्न र वर्तमान अवस्थालाई समाधान गर्न आवश्यक कदम चाल्न सहयोग गर्न आग्रह गर्दछु,” सभामुखले राजापाक्षेको राजीनामाको औपचारिक घोषणा गर्दै भने ।

आगामी राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्न र त्यसपछि २ सय २५ सांसदको निर्वाचनका लागि शनिबार संसदको बैठक बोलाइएको छ ।

श्रीलङ्कामा खाद्यान्न, इन्धनको अभाव र अर्थतन्त्रको गलत व्यवस्थापनलाई लिएर महिनौंदेखि विरोध प्रदर्शन हुदै आएको छ । श्रीलङ्कामा मुद्रास्फीति ५० प्रतिशतभन्दा बढी छ ।

महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

यसै बीच श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए ।

उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले शुक्रबार अन्तरिम राष्ट्रपति पदको शपथ लिएका हुन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img