spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

एलोन मस्कलाई मुद्दा हाल्न ट्विटरले नियुक्ति गर्यो कानूनी फर्म

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टेस्लाका सीईओ एलोन मस्क र सामाजिक सञ्जाल ट्वीटरबीचको द्वन्द्व अब कानुनी लडाइमा परिणत हुने संकेत देखिएको छ। मस्कले ४४ अर्ब डलरको टेकओभर सम्झौताबाट पछि हटे पछि दुवै बीचको द्वन्द्व बाहिर आएको हो।

ट्विटरले एलोन मस्क विरुद्धको आफ्नो आगामी मुद्दा ह्यान्डल गर्नको लागि एक प्रख्यात अमेरिकी कानूनी फर्मलाई नियुक्ति गरेको संचार माध्यमले लेखेका छन्। यसपछि, अब कुनै पनि दिन मस्क विरुद्ध डेलावर अदालतमा मुद्दा दायर हुन सक्नेछ। ट्विटरले अमेरिकाको कानूनी फर्म वाचटेल, लिप्टन, रोजेन र काट्ज एलएलपीलाई नियूक्त गरेको रोयटर्सले जनाएको छ । ।

ट्विटरले प्लेटफर्ममा नक्कली खाताहरूको बारेमा जानकारी प्रदान गर्न असफल भएको भन्दै मस्कले शुक्रबार आफ्नो सम्झौता रद्द गरेका थिए। टेकओभर सम्झौताका लागि केहि समय अगाडि देखि काम भैरहेको अवस्थामा मस्कले नक्कली प्रयोगकर्ताहरूको संख्यालाई आधार मान्दै सम्झौता हुन् नसक्ने कारण बताएका छन् ।

उता, ट्विटरले नक्कली प्रयोगकर्ताहरूको संख्यालाई पाँच प्रतिशतभन्दा कम भएको बताएको छ भने मस्कले ट्विटरमा कुल नक्कली प्रयोगकर्ताहरूको प्रतिशत करिव २० प्रतिशतको नजिक रहेको बताएका छन् । यहि विवादका बीच ४४ अर्ब डलरको टेकओभर सम्झौताबाट मस्क पछि हटे पछि ट्विटरले मस्कलाई मुद्दा हाल्ने धम्की दिएको थियो। यसैबीच ट्विटरले मस्क विरुद्धको आफ्नो आगामी मुद्दा ह्यान्डल गर्नको लागि अमेरिकाको कानूनी फर्म वाचटेल, लिप्टन, रोजेन र काट्ज एलएलपीलाई नियूक्त गरेको हो ।

संयोगवश, यो उही कानुनी फर्म थियो जसलाई २०१८ मा टेस्ला कम्पनीलाई निजी बनाउनका लागि मस्कले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए । जबकि मस्कले टेस्लालाई निजी बनाउने ईच्छा गर्दै सम्झौताको लागि आफु संग $ ७२ बिलियन “फन्डिंग सुरक्षित” रहेको भन्दै ट्वीट समेत गरेका थिए , उनको उक्त प्रयास सम्भव भएन । यसको परिणामस्वरूप , मस्क र उनको कम्पनी दुवैले जरिवाना वापत लगभग $ २० मिलियन डलर तिर्नुपर्ने थियो, र उनी कम्पनीको अध्यक्षबाट समेत पछि हटन बाध्य भएका थिए ।

मस्कले ट्विटरमा हुने नक्कली तथा स्प्याम अकाउन्टहरूको बारेमा सूचना मागेका थिए। तर पटकपटक सूचना माग्‍दा पनि ट्विटरले नदिएको भन्दै भर्खरको एसईसी (धितोपत्र तथा विनिमय आयोग) फाइलिङमा सम्झौता रद्द गरिएको बताएपछि ट्विटरका अध्यक्ष ब्रेट टेलरले उनलाई मुद्दा हाल्ने धम्की दिएका थिए । आफ्नो ट्वीटमा उनले लेखेका थिए: ‘मस्कसँग सहमत भएको मूल्य र सम्झौतालाई बन्द गर्न ट्विटर बोर्ड प्रतिबद्ध छ,’ उनले ट्विटमा भनेका छन्,‘र मर्जर सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना छ। हामी डेलावेर कोर्ट अफ चान्सरीमा विजयी हुनेमा विश्वस्त छौं।’

यसैबीच, ट्विटरमा हुने नक्कली तथा स्प्याम अकाउन्टहरूको बारेमा पटकपटक सूचना माग्‍दा पनि ट्विटरले नदिएको भन्दै आएका मस्क्ले आज एक व्यंग्यात्मक ट्वीट गर्दै लेखेका छन् : “उनीहरुले मैले किन्न सक्दिन भने , उनीहरुले प्रमाण दिन सक्दिन भने , अब मैले किन्नु पर्छ भन्छन , अब उनीहरुले अदालतमा प्रमाण दिनु पर्नेछ। “

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img