spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

यो वर्ष विदेश जाने श्रमिकको संख्या ६ लाख २८ हजार भन्दा बढि – वैदेशिक रोजगार विभाग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने नेपाली श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ। शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममामा बोल्दै महानिर्देशक शेषनारायण पौडेलले उक्त जानकारी गराएका हुन्।

महानिर्देशक पौडेलका अनुसार चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको छ । उनका अनुसार विभागले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिएको छ । अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको पौडेलले जानकारी गराए ।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताए । ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताउदै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको जानकारी गराए ।

विभागका अनुसार २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेको र अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्री समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ। श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ। अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढेको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोषजन रुपमा अगाडि बढेको महानिर्देशक पौडेलले बताए ।’

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउदै साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको जानकारी गराए । पौडेलले दोस्रोमा कतार, तेस्रोमा यूएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताए । पछिल्लो समय पुनः मलेसिया जाने श्रमिकको सख्या बढ्न थालेको पौडेलले बताए । पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको र अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बजानकारी गराए ।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धी कानुन कार्यविधिमा ठूलो समस्या रहेको बजानकारी गराएका छन् । वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ भएको साथै ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको महानिर्देशक पौडेलले उल्लेख गरे ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img