spot_img
Saturday, September 21, 2024
67.3 F
Washington DC.
spot_img

परराष्ट्रका कर्मचारी १ डलरमा यात्रा गर्छन्, काठमाडौँ-इस्लामावाद-काठमाडौँ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक अमेरिकी डलर हवाई भाडा भएको कुनै रुटमा प्लेन चल्छ होला?  वा कुनै हवाई सेवा प्रदायक कम्पनीले यो स्थानदेखि यो स्थानसम्मको भाडा १ अमेरिकी डलर मात्रै लिन्छु भनेको सुन्नु भएको छ ?

पक्कै छैन होला। तपाई हामीले यस्तो कुरा नसुने पनि फरक पर्दैन। नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौँबाट पाकिस्तानको इस्लामावाद शहर पुगेर फेरि काठमाडौँ फर्कँदा प्रतिव्यक्ति हवाई भाडा १ अमेरिकी डलर मात्रै लाग्ने गरी सि लिंक नामक एक ट्राभल एजेन्सीसँग सम्झौता गरेको छ।

यो सम्झौता आजको होइन। २०७४ सालदेखि नै सि लिंकले परराष्ट्र मन्त्रालयलाई यसरी पत्याउनै नसकिने दरमा हवाइ टिकट दिएर नेपाल सरकारलाई आर्थिक लाभ पुर्‍याइरहेको छ।

परराष्ट्र मन्त्रालयले यति उदार र नेपाललाई असाध्यै माया गर्ने कम्पनी (सि लिंक) भेटेको आर्थिक वर्ष २०७४/०७५ मा हो। सो समयमा मुख्य सचिव लोकदर्शन रेग्मी हुनुहुन्थ्यो। परराष्ट्र सचिव शंकर बैगारी (अहिलेका मुख्य सचिव) हुनुहुन्थ्यो भने टेन्डर मूल्यांकन गर्ने समितिको अध्यक्ष अहिलेका परराष्ट्र सचिव भरतराज पौड्याल हुनुहुन्थ्यो।

नेपालको विभिन्न देशहरूसँग कूटनीतिक सम्बन्ध छ। कतिपय देशमा नेपालले दुतावास राखेको छ भने कतिपय देशमा नियोगहरू छन्। दुतावास र नियोगहरू भएका देशमा परराष्ट्र मन्त्रालयले कर्मचारी पठाउँछ भने त्यस्ता देशहरूबाट परराष्ट्रका कर्मचारीहरू नेपाल आउनु पर्ने पनि हुन्छ। नेपाल सरकारको उच्च तहहरूबाट पनि मित्रराष्ट्रहरूमा भ्रमण भइरहेको हुन्छ। यस्ता भ्रमण तथा यात्राको लागि परराष्ट्र मन्त्रालयले हवाई टिकट उपलब्ध गराउन ट्राभल एजेन्टहरूसँग सम्झौता गर्ने गरेको छ।

सि लिंकले काठमाडौँ, इस्लामावाद, काठमाडौँको लागि मात्रै होइन, अन्य शहरहरूमा पनि हाम्रा राष्ट्रसेवक कर्मचारी, कूटनीतिज्ञ र उच्च सरकारी अधिकारीहरूलाई हवाई यात्राको अवसर जुटाइरहेको छ। जस्तो कि सि लिंकले काठमाडौँ जेनेभा काठमाडौँ हवाई भाडा १७ डलरमा, काठमाडौँ कोलम्बो काठमाडौँ १५ डलरमा, काठमाडौँ भियना १७ डलर, काठमाडौँ बहराइन ११ डलर, काठमाडौँ सिओल १९ डलर, काठमाडौँ क्यानबेरा (अष्ट्रेलियाको राजधानी) २३ डलर, काठमाडौँ वासिङ्टन काठमाडौँको २३ डलर, काठमाडौँ रियाद ७ डलर भाडामा टिकट उपलब्ध गराउने गरेको छ।

सि लिंकले साँच्चै राम्रो काम गरिरहेको रहेछ भनेर दंग परिरहनु भएको छ भने अब त्यो भ्रमबाट मुक्त हुनुस्। किनभने यो कम्पनीले उच्च तहका कर्मचारीसँग मिलेर कानुनको छिद्र प्रयोग गरी राज्यकोषमा अतिरिक्त व्ययभार पारेको प्रमाण फेला परेको छ।

जस्तो कि सि लिंकले १ डलरमा सेवा उपलब्ध गराउने भनेको काठमाडौँ इस्लामावाद काठमाडौँको भाडामा १८६८.३३ डलर, १७ डलर भनिएको काठमाडौँ जेनेभा काठमाडौँ हवाई भाडा १२४१.६६ डलर, १५ डलर भनिएको काठमाडौँ कोलम्बो काठमाडौँमा ९९० डलर, १७ डलर लिने भनिएको काठमाडौँ भियनामा १३७५ डलर, ११ डलर भनिएको काठमाडौँ बहराइनमा १४७७ डलर, १९ डलर भनिएको काठमाडौँ सिओलमा १७०२.६७ डलर, २३ डलर भनिएको काठमाडौँ क्यानबेरा  २५३५ डलर, २३ डलर भनिएको काठमाडौँ वासिङ्टन काठमाडौँको ३४१५ डलर, ७ डलर भनिएको काठमाडौँ रियादको भाडा ९७५ डलर असुल गरिएको छ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँगको मिलेमतोमा सि लिंकले आर्थिक वर्ष २०७४/७५ यता एकलौटी रुपमा व्यवसाय गर्न पाएको छ। सो आर्थिक वर्षमा टेन्डर प्रकाशित गरी पहिलो पटक सि लिंकलाई हवाइ टिकट आपूर्तिको जिम्मा दिइएको भएपनि सो यता टेन्डर आव्हान भएको छैन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल गत आर्थिक वर्षसम्म सि लिंकबाट नै हवाई टिकट लिने गरेको बताउनुहुन्छ।

‘कोभिड लगायतका समस्याको कारण केही समय टेन्डर निकाल्न सकेनौँ, गत आर्थिक वर्षसम्म सि लिंकसँग नै टिकट खरिद गरिएको थियो, चालु आर्थिक वर्षको लागि अर्को टेन्डर निकाल्ने काम भइरहेको छ,’ प्रवक्ता लम्सालले भन्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img