Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकी कारबाहीमा आतङ्कवादी संस्था अल कायदा नेता जवाहिरी अफगानिस्तानमा मारिए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आतङ्कवादी संस्था अल कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा जवाहिरी मारिएका हुन् ।

मिडियाका अनुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन्।

हिजै सोमबार राति एक सन्देशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिएका छन । अल कायदाका नेता अयमान अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्दै सामाजिक संजाल टुइटरमा लेखेका छन् – ” मेरो निर्देशनमा शनिबार अमेरिकाले अफगानिस्तानको काबुलमा सफलतापूर्वक हवाई हमला गरी अल-कायदाका नेता अमिर अयमान अल-जवाहिरीलाई कारबाहीमा मारिएको छ।”

जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिनापछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img