Thursday, April 10, 2025
56.1 F
Washington DC.

अमेरिकी कारबाहीमा आतङ्कवादी संस्था अल कायदा नेता जवाहिरी अफगानिस्तानमा मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आतङ्कवादी संस्था अल कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा जवाहिरी मारिएका हुन् ।

मिडियाका अनुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन्।

हिजै सोमबार राति एक सन्देशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिएका छन । अल कायदाका नेता अयमान अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्दै सामाजिक संजाल टुइटरमा लेखेका छन् – ” मेरो निर्देशनमा शनिबार अमेरिकाले अफगानिस्तानको काबुलमा सफलतापूर्वक हवाई हमला गरी अल-कायदाका नेता अमिर अयमान अल-जवाहिरीलाई कारबाहीमा मारिएको छ।”

जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिनापछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर...

अन्य समाचार

- Advertisement -spot_img