Thursday, April 10, 2025
56.1 F
Washington DC.

अमेरिकाले ताइवानलाई नछोड्ने सभामुख न्यान्सी पेलोसीको प्रतिबद्धता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान नछोड्ने आफ्नो देशको प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै हिजो राति यहाँ आएकी पेलोसीले ताइवानका नेताहरूसँगको आजको भेटमा अमेरिकाले ताइवानप्रतिको प्रतिबद्धता त्याग्न नसक्ने बताएकी हुन् ।

राष्ट्रपति साई इङ–वेनसँगको भेटमा पेलोसीले विश्वले प्रजातन्त्र र निरंकुशतामध्ये एक रोज्नुपर्ने अवस्थाको सामना गरिरहेको बताइन् ।

अमेरिका र चीनबीच बढेको तनावको समयमा २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन्।

राष्ट्रपति साईले सभामुख पेलोसीलाई उनको ताइवान भ्रमणको लागि धन्यवाद दिइन । उनले स्पीकर पेलोसी ताइपेईमा अवतरण गरेपछि मुख्य भूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरिन ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्ने हो भने आवश्यक परे बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ। अमेरिकाले पनि ‘एक चीन’ नीति अवलम्बन गर्दै आएको छ । अमेरिकाले बेइजिङलाई चीनको सरकारको रुपमा पनि मान्यता दिएको छ । थप रूपमा, अमेरिकाले ताइवान र अन्य देशहरूसँग अनौपचारिक रक्षा सम्बन्धहरू कायम राखेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर...

अन्य समाचार

- Advertisement -spot_img