spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

विमानस्थलबाट समातिएका व्यवसायी ‘घोल गाड्ने’ गिरोहका

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
नवराज-पनेरु

बुधबार दिउँसो १२ बजेर ५६ मिनेटमा कैलालीको धनगढीका सन्तोष लामिछानेले आफ्नो फेसबुकमा एउटा पोस्ट हाले। जहाजमा चढेको फोटो राख्दै ३८औं अन्तर्राष्ट्रिय ज्वेलरी मेलामा नेपालको तर्फबाट सहभागी हुनको लागि श्रीमतीसँगै भारतको मुम्बई जान लागेको जानकारी सहितको पोस्ट लामिछानेले फेसबुकमा हालेका थिए। उनीसहित १ सय २९ यात्रु लिएर नेपाल वायु सेवा निगमको जहाज मुम्बईका लागि उडान भर्ने तयारीमा थियो।

तर कैलाली प्रहरीले पठाएको सूचनाको आधारमा विमानस्थल टावरबाट एयर ट्राफिक कन्ट्रोलरले जहाजमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति रहेको खबर गर्‍यो। उक्त खबर पाएपछि चालक दलले जहाजलाई पार्किङमा पुर्‍याए। जहाजमा रहेका तिनै सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछाने सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पनि हुन्। उनलाई थप अनुसन्धानका लागि कैलाली ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरका अनुसार व्यवसायी लामिछाने भारतमा ‘घोल गाड्ने’ (चोरी गर्ने) गिरोहमा आवद्ध छन्। ‘लामिछाने भारतका विभिन्न सहरबाट चोरीका सुन धनगढी ल्याएर बिक्रीवितरण गर्दै आएको खुलेको छ,’ एसपी राठौरले भन्नुभयो– ‘घोल गाड्ने गिरोहमा आवद्ध रहेको आशंकामै उनलाई पक्राउ गरिएको हो।’

पछिल्लोपटक भारतको पञ्जाबमा भएको एउटा सुन चोरीको घटनामा लामिछानेलाई पनि अभियुक्त बनाइएको छ। सोही चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरिसकेको छ। इन्टरपोलमार्फत आएको जानकारीअनुसार एक करोड रुपैयाँभन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको हो। सोही घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको प्रहरी स्रोतले बतायो। प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ। ‘अनुसन्धानकै क्रममा छौं,’ एसपी राठौरले भन्नुभयो– ‘उक्त चोरीको घटनामा संलग्न अझै धेरै जनालाई पक्राउ गर्न बाँकी छ। पक्राउ परेका सुन व्यवसायी भने भारतबाट चोरेर ल्याइएका गहना बिक्रीमा संलग्न थिए।’

चोरीमा ६ गिरोह सक्रिय

चोरीमा संलग्न पक्राउ परेकामाथि कैलाली प्रहरीले संगठित अपराधमा मुद्दा चलाउने गरेको थियो। तर घटनास्थल नेपालबाहिर हुँदा अधिकांशले सहजै उन्मुक्ति पाउने गरेका थिए। प्रहरीका अनुसार भारतका विभिन्न राज्यका साना–ठूला सहरमा दैनिकजसो हुने चोरी तथा डकैतीको योजना बनाउने र चोरीको समानबाट फाइदा लिने मुख्य योजनाकार भने धनगढी र महेन्द्रनगरमा बढी सक्रिय छन्। चोरीको योजना बनाउने एउटा, चोरी गर्ने अर्को, चोरीमा संलग्नलाई नेपाल भित्र्याउने अर्को र चोरेको नगद तथा सामान बाँडफाँट गर्ने अर्को गरी एकै चोरीमा चार समूह पनि संलग्न रहेको भेटिएको प्रहरी अधिकारी बताउँछन्। भारतमा चोरी र त्यसमा नेपालीको संलग्नता बढेपछि सुदूरपश्चिम नेपाली समाज अन्तर्राष्ट्रिय समिति र सुदूरपश्चिम समाज भारतले पनि पटकपटक नियन्त्रणका प्रयास गरेका छन्। सुदूरपश्चिम नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवन भट्टले चोरीमा नेपालीको संलग्नताले भारतमा रहेका नेपालीको बिजोक भएको बताए। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img