Thursday, April 10, 2025
56.1 F
Washington DC.

थाइल्याण्डको नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु, दर्जनौं घाइते: रिपोर्ट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार दिउँसो १ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बीबीसीका अनुसार शुक्रबार बिहान करिब १ बजे बैंककबाट करिब १०० माईल दक्षिणमा रहेको सट्टाहिप जिल्लाको माउन्टेन बी नाइटस्पटमा लाइभ म्युजिक कार्यक्रमको क्रममा आगलागी भएको हो ।

एएफपीका अनुसार १४ जना गम्भीर सहित ४० भन्दा बढी अन्य घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरु सबै थाइल्याण्डका नागरिक रहेको बताइएको छ ।

फुटेजमा मानिसहरु एक तले भवनबाट भाग्दा चिच्याइरहेको देखाइएको छ, “कसैको लुगामा आगो लागेको छ,” बीबीसीले रिपोर्ट गरेको छ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय, प्रहरी र अन्य उद्धारकर्ता घटनास्थल पुगेर उद्धार कार्यमा लागेका थिए । उद्धारकर्ताहरूले घटनास्थलबाट १८ जनाको उद्धार गरेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

थप अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर...

अन्य समाचार

- Advertisement -spot_img