spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नितिश कुमारले मंगलबार राजधानी पटनामा राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए) सँग उनको केहि समयदेखीको मनमुटाव पश्चात उनले पदबाट राजीनामा दिएका हुन् ।

पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुने सबैको इच्छा रहेको भन्दै सांसदहरुसँगको समन्वयमा राजीनामाको निर्णय लिइएको उनले भनेका छन्। गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

उनले अब नयाँ बाटोबाट सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आजतकका अनुसार उनले बिहार विभानसभामा आफूसँग १६० जना विधायकहरुको समर्थन रहेको दाबी गरेका छन् ।

२४३ विधायक रहेको बिहारमा सरकार बनाउन १२२ जनाको समर्थन चाहिन्छ। बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको छ । त्यस्तै जदयूको ४५ सिट रहेको छ । त्यस्तै भारतीय कांग्रेसको १९ र वामपन्थी दलहरूको १६ सिट रहेको छ । त्यस्तै भाजपासँग भने ७७ विधायक रहेका छन् । यस्तोमा नीतीशले करिब २ तिहाइ विधायकको समर्थन पाउने देखिन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img