spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

एफबीआईले छापा मार्दा आफ्नो ३ वटा पासपोर्ट चोरेको पूर्व राष्ट्रपति ट्रम्पको आरोप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई एजेन्टहरूले उनको घरमा छापा मार्दा पासपोर्ट चोरेको भन्ने आरोप लगाएका छन्।

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) एजेन्टहरूले अगस्ट ८ मा फ्लोरिडाको पाम बीचको मार-ए-लागोमा रहेको उनको निवासमा छापा मार्दा उनका तिन वटा राहदानीहरु चोरेको बताएका छन् ।

“वाह! मार-ए-लागोको एफबीआईले छापामार्दा , उनीहरूले मेरो तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए, ट्रम्पले आफ्नो सोशल मिडिया ट्रुथ सोशलमा लेखेका छन् ।

“यो हाम्रो देशमा पहिले कहिल्यै नदेखिएको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व!” ट्रम्पले थपे।

उक्त छापामा कुन राहदानी जफत गरियो भन्ने खुल्न सकेको छैन । ट्रम्पसँग हाल वैध राहदानी छ कि छैन भन्ने पनि स्पष्ट छैन।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा पद छोड्दा ह्वाइट हाउसबाट गोप्य कागजातहरु फ्लोरिडास्थित पाम बीचको मार-ए-लागोमा रहेको उनको निवासमा लगेको आरोपमा एफबीआई एजेन्टहरूले गत हप्ता छापा मारेका थिए ।

ट्रम्प हाल ह्वाइट हाउसमा रेकर्ड हराएको र अमेरिकी क्यापिटलमा जनवरी ६ , २०२१ को आक्रमण सहितका धेरै अनुसन्धान र मुद्दाहरूको सामना गर्दै छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img