Thursday, April 23, 2026
83.6 F
Washington DC.

आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय, यो सगै पुग्यो जेल सजाय १७ वर्ष

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

म्यानमारको जुन्ता सरकारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय सुनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सुकीलाई भ्रष्टाचारको चार अभियोगमा दोषी ठहर गर्दै सोमबार थप ६ वर्षको जेल सजाय सुनाएको हो। पछिल्लो सजायसँगै अब सुचीको जेल अवधि १७ वर्ष पुगेको छ ।

जुन्ता सरकारले उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को प्रशासनलाई अपदस्त गरेको महिना पछि सुकीलाई आफ्नी आमा, दाउ खिन कीको नाममा राखिएको एक निजी फाउन्डेसन र एक सम्बद्ध परियोजनालाई फाइदा पुर्‍याउन पार्टी नेताको रूपमा आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएको थियो।

म्यानमार नाउ सञ्चार माध्यमका अनुसार उच्च अदालतका न्यायाधीश मिन्ट सानले नेता सुकी विरुद्ध सोमबार फैसला सुनाएका थिए। न्यायालयले नेपितावमा डाउ खिन की फाउण्डेशनको जग्गा खरिदमा भ्रष्टाचारको आरोपमा तीन वर्षको लागि संयुक्त तीन वर्षको जेल सजाय र याङ्गुनमा फाउन्डेसनको जग्गा लीज सम्बन्धी चौथो दोषको लागि थप तीन वर्षको जेल सजाय समावेश गरेको उक्त सञ्चार माध्यमले जनाएको छ।

अदालतले सेनाविरुद्ध हिंसा भड्काएको र कोरोना विरुद्धको नियम उल्लंघन गरेको लगायतका मुद्दामा दोषी ठहर गरेको थियो । म्यानमामा २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुचीलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो ।

आगामी जुनमा ७७ वर्ष पुग्ने सुकीलाई अन्य ६ अभियोगमा डिसेम्बर, जनवरी र अप्रिलमा ११ वर्षको जेल सजाय सुनाइएको थियो । सुकीले आफूमाथि लागेका सबै आरोपको अस्वीकार गर्दै आएकी छन् ।

गत महिना मात्रै जुन्ता सरकारले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्व सांसद फ्यो जेया थाउलाई आतंकवाद विरोधी कानुन अन्तर्गत अपराधका लागि मृत्युदण्ड दिएपछि म्यानमारको सैन्य शासनको चौतर्फी विरोध र आलोचना भएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img