Friday, March 6, 2026
53.4 F
Washington DC.

उछिन्यो दक्षिण भारतीय फिल्मले बलिउडका ठूला बजेटका फिल्मलाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कोरोना महामारीले सिथिल बनेको भारतीय सिनेमा बिस्तारै उठनेक्रममा बलिउडका ठूला बजेटका सिनेमाहरुलाई दक्षिण भारतका साना बजेटका सिनेमाहरुले धमाधम उछिन्न थालेका छन्। बक्स अफिसमा साउथ र बलिउड फिल्महरु बीचको प्रतिस्पर्धा जारी छ । सन् २०२२ को शुरुवातसँगै थिएटरमा फिल्मबीचको टकराव साउथ भर्सेज बलिउडमा परिणत भएको छ ।

आजकल हिन्दी सिनेमाको फिल्मको कमाई निरन्तर घट्दै गएको देखिन्छ भने साउथ सिनेमाका साना बजेटका फिल्मले अचम्मको प्रदर्शन गरिरहेका छन् । यतिबेला बलिउड र साउथका धेरै फिल्महरु थिएटरमा लागेका छन् ।

हिन्दी सिनेमाका तीनवटै चलचित्र असफल भए
आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षा बन्धन’ र तापसी पन्नुको ‘दोबारा’ सहित तीन ठूला बलिउड स्टारका फिल्म हलमा चलेका छन् । तर यी तीनवटै चलचित्र बक्स अफिसमा फ्लप साबित भएका छन् । ‘लाल सिंह चड्डा’ र ‘रक्षाबंधन’ रिलिज भएको ११ दिन भइसक्यो र सप्ताहन्तमा पनि उनीहरुको कमाई कमजोर रहेको छ ।

साउथ फिल्मले बाजी मार्यो
यतिबेला फिल्म ‘कार्तिकेय २’ ले साउथ सिनेमामा धुम मच्चाइरहेको छ । फिल्मको हिन्दी संस्करणलाई दर्शकले रुचाइरहेका छन् । यो फिल्मको कमाईले मात्रै ‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’ लाई कडा टक्कर दिएर अहिले पराजित गरेको छ । यसबाहेक अब ‘थिरुचित्रम्बलम’ पनि मैदानमा आएको छ, जसले राम्रो कमाई गरिरहेको छ । योसँगै ‘गालीपता २’, ‘नान थान केस कोडु’ र ‘विरुमन’ ले पनि राम्रो कमाइ गरिरहेका छन् ।

यहाँ सप्ताहन्तमा हिन्दी फिल्महरूको कमाई हेर्नुहोस्:

बलिउडका ठूला बजेट भएका हिन्दि सिनेमाहरुको कमाई

फिल्मशनिबारको कमाईआइतबारको कमाईअहिलेसम्मको कुल कमाई  
लाल सिंह चड्ढा१.५० करोड (दोस्रो शनिबार)१.४० करोड (दोस्रो शनिबार)५५.८९ करोड
रक्षाबंधन१.२० करोड (दोस्रो शनिबार)१.४० करोड (दोस्रो आइतबार)४२.९४ करोड
दोबारा८७ लाख (पहिलो शनिबार)१.१० करोड२.८४ करोड

साउथ फिल्मले कति कमाए?

 फिल्मशनिबारको कमाईआइतबारको कमाईअहिलेसम्मको कुल कमाई  
कार्तिकेय २७.८० करोड८.२० करोड५१.३५ करोड
विरुमना१.३ करोड१.६० करोड३८.४ करोड
नन थान केस कोडु१.२० करोड१.५ करोड१४.३६ करोड
गालीपाटा २२.३९ करोड३.१० करोड३०.५५ करोड
तिरुचित्रम्बलम१०.०५ करोड (१ शनिबार)१०.९१ (१ आइतबार)  ४७ करोड (लगभग)  

(एजेन्सीहरुको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img