कोरोना महामारीले सिथिल बनेको भारतीय सिनेमा बिस्तारै उठनेक्रममा बलिउडका ठूला बजेटका सिनेमाहरुलाई दक्षिण भारतका साना बजेटका सिनेमाहरुले धमाधम उछिन्न थालेका छन्। बक्स अफिसमा साउथ र बलिउड फिल्महरु बीचको प्रतिस्पर्धा जारी छ । सन् २०२२ को शुरुवातसँगै थिएटरमा फिल्मबीचको टकराव साउथ भर्सेज बलिउडमा परिणत भएको छ ।
आजकल हिन्दी सिनेमाको फिल्मको कमाई निरन्तर घट्दै गएको देखिन्छ भने साउथ सिनेमाका साना बजेटका फिल्मले अचम्मको प्रदर्शन गरिरहेका छन् । यतिबेला बलिउड र साउथका धेरै फिल्महरु थिएटरमा लागेका छन् ।
हिन्दी सिनेमाका तीनवटै चलचित्र असफल भए
आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षा बन्धन’ र तापसी पन्नुको ‘दोबारा’ सहित तीन ठूला बलिउड स्टारका फिल्म हलमा चलेका छन् । तर यी तीनवटै चलचित्र बक्स अफिसमा फ्लप साबित भएका छन् । ‘लाल सिंह चड्डा’ र ‘रक्षाबंधन’ रिलिज भएको ११ दिन भइसक्यो र सप्ताहन्तमा पनि उनीहरुको कमाई कमजोर रहेको छ ।
साउथ फिल्मले बाजी मार्यो
यतिबेला फिल्म ‘कार्तिकेय २’ ले साउथ सिनेमामा धुम मच्चाइरहेको छ । फिल्मको हिन्दी संस्करणलाई दर्शकले रुचाइरहेका छन् । यो फिल्मको कमाईले मात्रै ‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’ लाई कडा टक्कर दिएर अहिले पराजित गरेको छ । यसबाहेक अब ‘थिरुचित्रम्बलम’ पनि मैदानमा आएको छ, जसले राम्रो कमाई गरिरहेको छ । योसँगै ‘गालीपता २’, ‘नान थान केस कोडु’ र ‘विरुमन’ ले पनि राम्रो कमाइ गरिरहेका छन् ।
यहाँ सप्ताहन्तमा हिन्दी फिल्महरूको कमाई हेर्नुहोस्:
बलिउडका ठूला बजेट भएका हिन्दि सिनेमाहरुको कमाई
फिल्म | शनिबारको कमाई | आइतबारको कमाई | अहिलेसम्मको कुल कमाई |
लाल सिंह चड्ढा | १.५० करोड (दोस्रो शनिबार) | १.४० करोड (दोस्रो शनिबार) | ५५.८९ करोड |
रक्षाबंधन | १.२० करोड (दोस्रो शनिबार) | १.४० करोड (दोस्रो आइतबार) | ४२.९४ करोड |
दोबारा | ८७ लाख (पहिलो शनिबार) | १.१० करोड | २.८४ करोड |
साउथ फिल्मले कति कमाए?
फिल्म | शनिबारको कमाई | आइतबारको कमाई | अहिलेसम्मको कुल कमाई |
कार्तिकेय २ | ७.८० करोड | ८.२० करोड | ५१.३५ करोड |
विरुमना | १.३ करोड | १.६० करोड | ३८.४ करोड |
नन थान केस कोडु | १.२० करोड | १.५ करोड | १४.३६ करोड |
गालीपाटा २ | २.३९ करोड | ३.१० करोड | ३०.५५ करोड |
तिरुचित्रम्बलम | १०.०५ करोड (१ शनिबार) | १०.९१ (१ आइतबार) | ४७ करोड (लगभग) |
(एजेन्सीहरुको सहयोगमा)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया