Thursday, April 23, 2026
78.7 F
Washington DC.

अनेसासले मनायो तिज  

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जूमका माध्यमबाट  साहित्यिक कार्यक्रम गरेर तिज मनाएको छ । विश्वभर छरिएर रहेका हिन्दू महिलाहरूको सम्मानमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी गीता खत्रीदेखि आजीवन सदस्य तथा गायिका अम्बिका भण्डारीसम्मको तिज गीत प्रदर्शन र गायनहरू प्रस्तुत गरिए ।

कार्यक्रममा साहित्यकार  डा. रघुनाथ अर्याल र पुनम काफ्लेले तिजको साँस्क‍ृतिक महत्वका बारेमा प्रकाश पारे भने राधा पौडेल, शान्ता अधिकारी, विष्णु कँडेल, जानुका ढुंगेल, राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, शुभलक्ष्मी  कोइराला, मञ्जु खराल, रीतादेवी प्रधान, गीता बजगाईंलगायतले गीत, कविता र मन्तव्य व्यक्त गरे । अनेसासका महासचिव विमला निरौलाको संयोजनमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय सदस्य तारा अधिकारीले धन्यवाद ज्ञापन र शकुन ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए ।   

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, महेश्वर शर्मा, निजानन्द मल्ल, सुदीपभद्र खनाललगायतका अनेसास पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img