spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

अफगान महिलाहरू पढ्न विदेश जान नपाउने : तालिबान सरकारले महिलाहरुलाई काबुल छोड्न प्रतिबन्ध लगायो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तालिवानले छात्रालाई थप अध्ययनका लागि विदेश जान प्रतिबन्ध लगाएको छ । रिपोर्टका अनुसार तालिबानले काबुलका छात्राहरूलाई कजाकिस्तान र कतार जस्ता देशहरूमा उच्च शिक्षाकालागि जान प्रतिबन्ध लगाएको छ। पुरुष विद्यार्थीहरूलाई मात्र काबुल छोड्न अनुमति दिइएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेपछि तालिबानले पहिलो पटक शिक्षा प्रणालीमा परिवर्तन गर्न थालेको थियो। तालिबान सरकारले महिलाहरूको लागि उच्च विद्यालय र कलेजहरू बन्द गर्यो। महिला आन्दोलनपछि कक्षा ६ सम्म विद्यालय खुलेका थिए । हालै अफगानिस्तानका गृहमन्त्री र तालिबानका सह-उपनेता सिराजुद्दीन हक्कानीले उच्च विद्यालय खोल्ने वाचा गरेका थिए। तर अहिले उच्च शिक्षाविरुद्ध नयाँ अध्यादेश जारी भएको छ ।

रिपोर्टका अनुसार काबुलका केही पुरुष र महिला बिद्यार्थीहरू अध्ययनका लागि विदेश जान चाहन्थे। तर महिला बिद्यार्थीहरूलाई रोकियो र पुरुष बिद्यार्थीहरू विदेश जान दिइयो।

परिवारमा महिलाहरुलाई पुरुष भन्दा कम खाना दिइन्छ
अफगानिस्तानमा सत्ता लिएपछि तालिबानले महिलालाई अधिकतम स्वतन्त्रता दिने बताएको थियो । तर पछिल्लो एक वर्षमा अफगानिस्तानमा बस्ने महिलाको अवस्था विश्वबाट लुकेको छैन । यहाँ महिला उत्पीडनमा परेका छन् । परिवारका महिलाहरुले पुरुषका तुलनामा कम खाना पाउने गरेको संचार माध्यमले जनाएको छ।

तालिबानले लगातार महिला अधिकारलाई सीमित गरिरहेको छ
काबुल कब्जा गरेपछि तालिबानले सन् १९९६ को शासनजस्तो यसपटक महिला अधिकार नखोस्ने बताएको थियो । इस्लामको दायराभित्र रहेर महिला शिक्षा र रोजगारीको अवसर सृजना गर्ने बताएको थियो । तर हरेक दिन तालिबानले महिला अधिकारलाई सीमित गरिरहेको रिपोर्टमा उल्लेख छ । विद्यालय बन्द गरेर तथा सरकारी कार्यालयमा महिलाका लागि दरबन्दी कटाएर तालिबान आफ्नो पुरानो स्वरुपमा फर्किएको संचार माध्यमले जनाएको छ।

महिलालाई अश्लीलता फैलाएको आरोप लगाइ कुटपिट गरेर सजाय दिइयो ।

सरकार गठन भएको एक महिनापछि सामाजिक सञ्जालमा यो तस्विर निकै भाइरल भएको थियो । रिपोर्टका अनुसार महिलालाई अश्लीलता फैलाएको आरोप लगाइएको थियो। जसको सजाय कुटपिट गरेर दिइयो ।

तालिबानले महिला अधिकारलाई सीमित गर्न के गर्‍यो?

  • मार्चमा, तालिबानले महिलाहरूको एकल हवाई यात्रामा प्रतिबन्ध लगाएको थियो। तालिबानले लागू गरेको यो आदेशमा महिलालाई पुरुष (अभिभावक वा पति) को उपस्थितिमा मात्र हवाई यात्रा गर्न दिइने बताइएको छ।
  • तालिबान शासनले महिला र पुरुषलाई एउटै दिन मनोरञ्जन पार्कमा जान प्रतिबन्ध लगाएको थियो। नयाँ आदेशअनुसार अब पुरुषले बुधबारदेखि शनिबारसम्म र महिलाले आइतवारदेखि मंगलबारसम्म मनोरञ्जन पार्कमा जान पाउनेछन्, समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।
  • तालिबानले महिलाले सार्वजनिक स्थानमा अनुहार छोप्न र सार्वजनिक स्थानमा बुर्का लगाउनुपर्ने आदेश जारी गरेको थियो । तालिबानले महिला समाचार एङ्करहरूलाई एन्करिङ गर्दा आफ्नो अनुहार छोप्न आदेश दिएको थियो।
  • अफगानिस्तानको सबैभन्दा दुर्गम सहर हेरातका तालिबान अधिकारीहरूले सबै ड्राइभिङ संस्थानहरूबाट महिलाहरूलाई लाइसेन्स नदिने आदेश जारी गरेका छन्।
  • तालिबान सरकारले महिलाहरुलाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । तालिबानले जारी गरेको विज्ञप्तिमा पुरुष आफन्तबिना लामो दुरीको यात्रा गर्ने महिलालाई यात्रुवाहक कारमा नबस्न भनिएको छ ।
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img