Saturday, July 25, 2026
82 F
Washington DC.

अमेरिकाद्वारा श्रीलङ्काका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि ३२० मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ । सहयोग दिइएको खाद्यान्न ३ हजार मेट्रिक टन खाद्यान्न मध्येको एउटा अंश भएको श्रीलंका स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

“अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलङ्काका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनेछ, श्रीलङ्कास्थित अमेरिकी राजदूत जुलिया चुङले भनेकी छन्। “सबै श्रीलङ्कालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ, ” राजदूत चुङले भनिन।

राजदूत चुङ, श्रीलङ्काका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

श्रीलङ्कामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित हुँदा देशले गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ । कोभिड–१९ को महामारी शुरु भएदेखि नै यहाँको अर्थतन्त्र प्रभावित छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img