spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एसिया कप २०२२ को दोस्रो खेल आज दुबई अन्तर्राष्ट्रिय रंगशालामा भारत र पाकिस्तानबीच सम्पन्न भयो । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा १० विकेट गुमाएर १४७ रन बनाएको थियो । भारतीय फास्ट बलरले सबै १० विकेट आफ्नो नाममा लिए । जवाफमा भारतले १४८ रन बनाएर खेल ५ विकेटले जित्यो । भारतका लागि रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले खेल जित्ने इनिङ्स खेलेका थिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको पाकिस्तानको सुरुवात खासै रहेन । पाकिस्तानलाई पहिलो झटका १५ रनको स्कोरमा लाग्यो । तेस्रो ओभरको चौथो बलमा कप्तान बाबर आजम ९ बलमा १० रन बनाएर आउट भए । त्यसपछि छैटौं ओभरको अन्तिम बलमा फखर जमानको विकेट खस्यो । उनले ६ बलमा १० रन बनाए । १३ औं ओभरको पहिलो बलमा पाकिस्तानलाई तेस्रो झटका लाग्यो । इफ्तिखार अहमद २२ बलमा २८ रन बनाएर प्याभिलियन फर्किए । त्यसपछि मोहम्मद रिजवानले ४३, खुशदिल शाहले २ रन, मोहम्मद नवाजले १, शादाब खानले १०, नसिम शाहले शून्य, शाहनवाज दहनीले १६ र आसिफ अलीले ९ रन बनाए । हरिस रउफ १३ रनमा अविजित रहे ।

भारतका लागि भुवनेश्वर कुमारले २६ रनमा ४, हार्दिक पाण्ड्याले २५ रनमा ३, अर्शदीप सिंहले २ र आवेश खानले १ विकेट लिए ।

१४८ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात खराब रह्यो । ओपनर केएल राहुल पहिलो ओभरको दोस्रो बलमा नै डेब्यु खेलाडी नसिम शाहको शिकार बने । राहुलले खाता पनि खोल्न सकेनन् । आठौं ओभरको अन्तिम बलमा भारतलाई दोस्रो झटका लाग्यो। कप्तान रोहित शर्मा १८ बलमा १२ रन बनाएर आउट भए । १० औं ओभरको पहिलो बलमा भारतलाई तेस्रो झटका लाग्यो । उत्कृष्ट लयमा देखिएका विराट कोहली ३४ बलमा ३५ रन बनाएर क्याच आउट भए । यसपछि सूर्यकुमार यादवले १८ बलमा १८ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नवाजले २ तथा नसिम शाहले २ विकेट लिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img