spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

यौनसम्पर्कको लत: ७ सय पुरुषहरूसँग सहवास गर्नु परेको रियालिटी टिभी स्टारको खुलासा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक रियलिटी स्टारले आफुमा लागेको यौन लतले ७ सय भन्दा बढी पुरुषहरूसँग सहवास गर्नु परेको बताएकी छन्।

रियालिटी टिभी स्टार बेलिन्डा राईगियरले आफूलाई यौनसम्पर्कको ठुलो लत लागेको खुलासा गर्दै उनी ७०० पुरुषसँग सुतेकी बताएकी छन् । तर, उनले आफूलाई यसप्रति कुनै पछुतो नभएको पनि बताईन ।

सन् २०१७ मा ‘द ब्याचलर अष्ट्रेलिया’ कार्यक्रममा सहभागी भएकी बेलिन्डा ‘लभ’ रेगियरले एक समय थियो जब यौनसम्पर्कको लत लागेका कारण उनी ७ सय पुरुषसँग सुत्नुपरेको बताएकी छन् ।

बेलिन्डाले भनिन्, ‘एक समय थियो जब हप्ताको ७ दिनमध्ये ६ दिन उनी राति यौनसम्पर्कको खोजीमा बाहिर निस्कने गर्थिन । तर, विगत ८ वर्षदेखि आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र विगत १५ महिनादेखि आफूले कसैसँग यौनसम्पर्क नगरेको पनि उनले खुलाइन् । यसबाट राम्रो हुन नसकेसम्म यो एक समस्या हो भनेर आफुले महसुस गर्न नसकेको उनले ‘You’re a Grub Mate’ नामक एक रेडियो कार्यक्रममा भनेकी छन् ।

निको भएपछि आफूले जीवनमा केही दुर्घटना भएको महसुस गरेकी र त्यसैको कारण यो समस्या भएको बेलिन्डा राईगियरले भनेकी छन् । उनले कति पुरुषसँग सुतेकी थिइन् , त्यो गणना गर्न बिर्सेकी छन् तर यो ७०० भन्दा बढी हुने बताइन् । उनले आफूमा अझै पनि बलियो ‘सेक्स ड्राइभ’ रहेको र यसमा आफूलाई लाज नरहेको बताइन । उनले भनेकी छन् कि पुरुषहरुको राम्रो कुरा भनेको उनीहरु जे सुन्न चाहन्छन् त्यही भन्छन् ।

बेलिन्डा राईगियरका अनुसार यो समस्या सेक्समा भन्दा पनि आफूलाई प्रशंसा र प्रख्यातता प्राप्त गर्नु पर्ने कुरासँग जोडिएको थियो । समाजले यौनलाई गलत कामका लागि प्रयोग गरिरहेको उनको भनाइ छ । आफुले फेरि यौनसम्पर्क गर्ने तर अब जो सँग कनेक्सन हुन्छ सोहिसँग मात्रै सम्बन्ध राख्ने उनले बताइन् । अब बेलिन्डा रेगियर आफूलाई ‘लभ गुरु’ भन्न रुचाउँछिन् । उनी प्रायः इन्स्टाग्राममा सक्रिय छन् , जहाँ उनका ९८०० भन्दा बढी फलोअर्स छन्।

(मिररको रिपोर्टमा आधारित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img