spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

एशिया कप २०२२: आज भारत र पाकिस्तान बिचको रोमाञ्चक खेल हुदै , कसले जित्ला ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारत र पाकिस्तानबीचको रोमाञ्चक खेलको प्रतीक्षा समाप्त भएको छ । भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । १० महिनाको लामो अन्तरालपछि दुवै टोली संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने भएका छन् ।

भारत र पाकिस्तानले आपसमा अन्तर्राष्ट्रिय क्रिकेट २०० पटक खेलेका छन्, सबैभन्दा पछील्लो खेल २०२१ मा एउटै स्टेडियममा टि-२० विश्वकपको भिडन्त भएको थियो ।

सन् १९८४ देखि १४ संस्करणको अवधिमा, एशिया कपले दुई कट्टर प्रतिद्वन्द्वीहरू बीचको सबैभन्दा रोमाञ्चक खेलहरू देखाएको छ, र प्रशंसकहरूले आज पनि उस्तै थप रोमाञ्चक खेलको आशा गरिरहेका छन्। अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै हिजोदेखि १५ औं संस्करणको एसिया कप सुरु गरेको छ ।

भारत र पाकिस्तान पहिलो पटक सन् १९८४ मा शारजाहमा भएको उद्घाटन प्रतियोगितामा एसिया कपमा खेलेका थिए। त्यो खेल भारतले ५४ रनले जितेर ट्रफी आफ्नो कब्जामा लिएको थियो । सन् १९९५ मा शारजाहमा भएको खेलमा पाकिस्तानले भारतलाई ९७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।

एसिया कपमा पाकिस्तानविरुद्धको १३ खेलमा भारतले ८ खेल जितेको छ । पाकिस्तानले प्रतियोगिताको एकदिवसीय ढाँचामा भारतलाई ५ पटक पराजित गरेको छ तर टी-२० ढाँचामा भने त्यसो गर्न सकेको छैन। भारतको पाकिस्तान विरुद्धको हालैको रेकर्ड प्रतियोगितामा साँच्चै राम्रो छ, २०१० यता आफ्नो पछिल्लो ६ एसिया कप भिडन्तहरू मध्ये पाँच भारतले जितेको छ।

पाकिस्तान विरुद्ध भारतको लागि उच्चतम टोलीको कुल स्कोर ३३० /४ हो जुन एशिया कप २०१२ मा ३२९ रनको लक्ष्य पछ्याउँदा विराट कोहलीले अविजित १८३ रन बनाएका थिए । भारतले पाकिस्तानविरुद्ध बनाएको सबैभन्दा कम स्कोर सन् १९९५ मा थियो जब भारतीय टोली १६९ रनको स्कोरमा अलआउट भएको थियो र पाकिस्तानलाई जित दिलाएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img