spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ ।

जारी सिरिजको यो सर्वाधिक ठूलो योगफल हो। ५ खेलको सिरिज २–२को बराबरीमा छ।

नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । 

त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए ।

केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । यसअघि भएका चार टी–२० मा दुबै टिमले २–२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img