Thursday, April 23, 2026
83.6 F
Washington DC.

नेपालको उत्कृष्ट खेल- जित्यो केन्याविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

केन्याविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले जितेको छ। दुई-दुईको बराबरी रहेको नेपालले पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै शृंखला कब्जा गरेको हो। 

अन्तिम खेलमा नेपालले सिरिजकै उत्कृष्ट योगफल तयार गरेको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको केन्याले ७ विकेटको क्षतिमा १४४ रनमात्र ल्याउन सक्यो।

केन्यालाई १४४ मा रोक्न कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई दुई विकेट लिए भने करण केसी, मोहम्मद आदिल आलम र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृट प्रदर्शन गरेका थिए। उनले ५९ रन बनाउन ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै उपकप्तान रोहित पौडलले ४७ रन बनाउँदा अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए।

त्यस्तै पवन सराफ १ बलमै पेभेलियन फर्किए भने मोहम्मद अदिल आलम ४ रनमा बोल्ड भए। विवेक यादव २ रनमा आउट हुँदा करण केसी २ रनमै अविजित रहे।

पछिल्ला चार खेलमै फिल्डिङ गरेको नेपालले मंगलबार टस जितेर पहिले ब्याटिङ रोजेको थियो। प्रमुख प्रशिक्षक मनोज प्रभाकरले अन्तिम खेलमा रणनीति बदलेका थिए। उनले ओपनरमा ज्ञानेन्द्र मल्ल र अर्जुल साउदलाई रोजेका थिए। यी जोडीले ६५ रनको साझेदारी गरेका थिए। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img