Friday, March 6, 2026
51.9 F
Washington DC.

टिकटक बन्द गर्नुपर्ने युवाहरूको माग

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाजमा अश्लीलता बढिरहेको भन्दै नेपालमा टिकटक बन्द गर्नका लागि दवाव बढन थालेको छ ।

टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएका छन। नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो।

टिकटकको अत्याधिक प्रयोगले विध्यार्थीहरूको शैक्षिकस्तर खस्किन थालेपछि तथा समाजमा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ। मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

नेपालका विभिन्न ठाउँबाट टिकटक बन्दको मांग आउन थालेपछी नेपाल सरकारले यसमा ॲंकुश लगाउने बारे आन्तरिक छलफलमा जुटेको बताईन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img