Saturday, July 25, 2026
82 F
Washington DC.

पूर्व सोभियत नेता मिखाइल गोर्भाचेभको निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको मंगलबाट निधन भएको छ । उनी ९१ वर्षका थिए। लामो समयदेखि मृगौला रोगसँग लडिरहेका गोर्भाचेभको उपचाररत अस्पतालमै निधन भएको रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले जनाएको छ।

गोर्बाचेभ सन् १९८५ मा सोभियत संघका राष्ट्रपति निर्वाचित भएका थिए। उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत सङ्घको सत्तामा रहेका थिए ।

गोर्भाचेभले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत सङ्घलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए । फलस्वरुप ठूलो परिमाणमा धेरै सुधारहरू भयो। तर, गोर्भाचेभले सोभियत सङ्घको विघटनलाई रोक्न भने ससकेनन । त्यसैको कारण आधुनिक रूसको उदय भएको हो । गोर्भाचेभको निधनमा विश्वका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img