Friday, March 6, 2026
53.4 F
Washington DC.

चर्चाको शिखरमा बालेन : डोजर पछि कर नबुझाएका क्यासिनोलाई अल्टिमेटम

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कर नबुझाएका सात वटा क्यासिनोलाई सात दिन भित्र कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। सात वटा क्यासिनोले आर्थिक वर्ष २०७५/७६ देखि बुझाउनु पर्ने मनोरञ्जन कर नबुझाएकाले आइतबार काठमाण्डौ महानगरले पत्र काटेको जनाएको छ ।

म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो र्‍याडी, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भन्दै काठमाडौं महानगरपालिकाले पत्र काटेको छ।

उल्लेखित क्यासिनोहरुले पटक-पटक ताकेता गर्दा पनि मनोरञ्जन कर नबुझाएकाले पत्र काटेको महानगरले पत्रमा उल्लेख गरेको छ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेकाले महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बक्यौता कर असुल गरिने पत्रमा उल्लेख छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img