spot_img
Friday, November 22, 2024
34.8 F
Washington DC.
spot_img

अमिताभ बच्चन अब संगीतकार, फिल्म ‘चुप’ को लागि दिए आफ्नो संगीत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनयका अलावा अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला तथा लोकप्रिय अभिनेताका रूपमा चिनिन्छन्। उनले धेरै गीतमा स्वर पनि दिएका छन् । तर बलिउडमा आर बाल्कीको फिल्म ‘चुप’का लागि संगीतकार बनेको यो पहिलो पटक हो ।

यसबारे कुरा गर्दै आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो । मैले अमित जीलाई फिल्म (चुप) हेर्न भनेका थिए। त्यो देखेपछि उहाँले मलाई आफ्नो घर बोलाउनु भयो र मलाई पियानोमा धुन बजाएर सुनाउनु भयो। फिल्म र पात्रहरूले बच्चनलाई त्यस्तो धुन सृजना गर्न प्रोत्साहित गरेछ। उनको धुन धेरै सुन्दर थियो र आफु उत्साहित भएको बाल्कीले भने।

धुन मन परेपछी बाल्कीले बच्चनलाई सोधेछन – म तपाईको धुन फिल्म (चुप) मा प्रयोग गर्न सक्छु ? बच्चनले उनको धुन तुरुन्तै फिल्मलाई उपहार दिएछन्। “आज चुप पहिलो फिल्म हो जसको क्रेडिट अमितजीको आधिकारिक रचना छ,” आर बाल्कीले संचार माध्यमलाई जानकारी गराए।

सनी देओल, दुल्कर सलमान र पूजा भट्ट को अभिनय भएको फिल्म ‘चुप’लाई आर बाल्कीले निर्देशन गरेका हुन् । निर्देशक आर बाल्कीका अनुसार यो फिल्म राकेश झुनझुनवाला, अनिल नायडू, डा. जयन्तीलाल गडा (पेन स्टुडियो) र गौरी शिन्देले निर्माण गरेका हुन्। फिल्मको मौलिक कथा आर बाल्कीको हो । फिल्मलाई डा. जयन्तीलाल गडा (पेन स्टुडियो) प्रस्तुत गर्दैछन् र फिल्म पेन मरुधरले भारतभर वितरण गर्नेछ। फोटोग्राफी निर्देशक विशाल सिन्हा हुन् भने संगीत निर्देशक एसडी बर्मन, अमित त्रिवेदी, स्नेहा खानवलकर र अमन पन्त हुन् । साहिर लुधियानवी, कैफी आजमी, स्वानन्द किरकिरेको शब्द। फिल्ममा प्रणव कपाडिया र अनिरुद्ध शर्मा सह-निर्माता हुन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img