अभिनेता तथा मोडल पल शाहलाई जिल्ला अदालत, नवलपुरले किशोरी बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर, बाल यौन दुरूपयोगमा शाहलाई १० लाख क्षतिपूर्ति भराउने सहित २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।
अभिनेता शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
बलात्कार गरेको अभियोग लगाएकी किशोरीले पछि तनहुँ र नवलपुर दुवै जिल्ला अदालतसमक्ष आफुलाई शाहले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् । उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको दुवै जिल्ला अदालतसमक्ष बताएका थिए। त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया