spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

पल शाहलाई बलात्कारको मुद्दामा सफाई, बाल यौन दुरूपयोगमा १० लाख क्षतिपूर्ति  भराउने सहित २ वर्ष ६ महिना कैद सजायको फैसला

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता तथा मोडल पल शाहलाई जिल्ला अदालत, नवलपुरले किशोरी बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर, बाल यौन दुरूपयोगमा शाहलाई १० लाख क्षतिपूर्ति  भराउने सहित २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।  

अभिनेता शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

बलात्कार गरेको अभियोग लगाएकी किशोरीले पछि तनहुँ र नवलपुर दुवै जिल्ला अदालतसमक्ष आफुलाई शाहले  बलात्कार नगरेको भन्दै  बयानसमेत फेरेकी थिइन् । उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको दुवै जिल्ला अदालतसमक्ष बताएका थिए। त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img