spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

श्रीलंकाले भारतलाई ६ विकेटले हरायो, फाइनल पुग्ने भारतको आशा लगभग समाप्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको छ।  यस अघि  भारतलाई पाकिस्तानले हराइसकेको छ।  यो दोश्रो हारसँगै फाइनल पुग्ने भारतको आशा लगभग समाप्त भएको छ ।

सुपर फोरको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि भारतले आज श्रीलंकाको सामना गरेको थियो । दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा  भारतले पहिले ब्याटिङ गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा आठ विकेट गुमाएर १७३ रन बनायो।  भारताकालागी रोहित शर्माले ७२ रनको पारी खेले । जवाफमा श्रीलंकाले १९ दशमलव ५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यो हारसँगै भारतीय टोली एसिया कपबाट बाहिरिने खतरा बढेको छ । भारतीय टोलीले सुपर फोर चरणमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाअघि पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको थियो । भारतको भाग्य अब अन्य टोलीको नतिजामा निर्भर हुनेछ।

यो जितसँगै श्रीलंकाको टोलीले फाइनलमा पुग्ने दाबी बलियो बनाएको छ । उसले लगातार दुई खेल जितेको छ । भारत अघि श्रीलंकाले अफगानिस्तानलाई सुपर–४ मा पराजित गरेको थियो ।

सुपर फोरको अंक तालिकाको कुरा गर्ने हो भने श्रीलंका दुई जित सहित शीर्ष स्थानमा छ । यो सँगै पाकिस्तान एक जितसहित दोस्रो स्थानमा छ । दुबैको सकारात्मक नेट रन रेट छ। यो सँगै भारत नकारात्मक रन रेट र दुई हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान चौथो स्थानमा छ । भारतीय टोलीसँग फाइनल पुग्ने सम्भावना अझै छ । तर, बुधबार हुने पाकिस्तान र अफगानिस्तानबीचको खेल भारतकालागि महत्वपूर्ण हुनेछ । बुधबारको खेल पाकिस्तानको टोलीले जित्यो भने भारत र अफगानिस्तान दुवै एसिया कपबाट बाहिरिनेछन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img