Friday, March 6, 2026
53.4 F
Washington DC.

कप्तान सन्दीप लामिछाने निलम्बित, अदालतबाट पक्राउ पुर्जी जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले निलम्बन गरेको छ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप सहित पीडितले मंगलबार गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धान शुरु गरेको थियो । यसै बीच प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको समाचार श्रोतले जनाएका छन् ।

श्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि सन्दीपलाई निलम्बन गरेको क्यानका एक पदाधिकारीले बताएका हुन ।

क्यानले विज्ञप्तिमा भनेको छ : ‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ। ’

प्रहरीसमक्ष होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको भन्ने पीडितले बयान दिए अनुसार प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज लगायत त्यस अघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए भन्ने जाहेरी बयान अनुसार त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको समाचार श्रोतले जनाएको छ।

आफूमाथि बलात्कारको आरोप लागेपछि लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेर आफुलाई कानुनी सहयोगको गर्न अनुरोध गरेको क्यानका एक पदाधिकारीले समाचार श्रोतलाई जानकारी गराएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img