Friday, March 6, 2026
53.4 F
Washington DC.

महारानी एलिजाबेथ द्वितीय स्वास्थ्यको कारण मेडिकल सुपरिवेक्षणमा, बालमोरल क्यासलमा राखियो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

महारानी एलिजाबेथ द्वितीयलाई स्वास्थ्यको कारण मेडिकल सुपरिवेक्षणमामा राखिएको छ। शाही परिवारले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार माहारानीको स्वास्थ्यको थप मूल्याङ्कन पछि डाक्टरहरूले उनलाई मेडिकल सुपरिवेक्षणमा रहन सिफारिस गरेको थियो ।

“आज बिहान थप मूल्याङ्कन पछि डाक्टरहरू महारानीको स्वास्थ्यको लागि चिन्तित भएको र उनलाई मेडिकल सुपरिवेक्षणमा रहन सिफारिस गरेका छन् ,” शाही परिवारले विज्ञप्तिमा जनाएको छ ।

महारानी सहज र बालमोरलमा रहेको बिज्ञप्तिमा जनाइएको छ। – स्कटिश एस्टेट जहाँ उनले गर्मी बिताइन्।

शाही परिवारले उनको अवस्थाको गम्भीरतामा थप विवरण प्रदान गरेको छैन। उनी ९६ वर्षकी भइन् ।

बीबीसीको रिपोर्ट अनुसार शाही परिवारका सात सदस्य बोकेको एउटा उडान अबरडीन एयरपोर्टमा चाँडै अवतरण हुने अपेक्षा गरिएको छ। शाही परिवारका कुन–कुन सदस्य उडानमा छन् भन्ने ठ्याक्कै थाहा छैन ।

प्रिन्स विलियम, एन्ड्र्यू र एडवर्ड एबरडीनमा अवतरण गरेको जनाएको छ। बीबीसीको रिपोर्ट अनुसार विमान लन्डनको आरएएफ नर्थोल्टबाट यात्रा गरेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img