spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

अफगानी र पाकिस्तानी समर्थकहरुबीच कुर्सी हानाहान – पाकिस्तानी फ्यानको डान्सबाट सुरु भएको थियो झडप (भिडियो)

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तान र पाकिस्तानबीचको एसिया कप टी–२० खेलमा निकै विवाद भएको छ । सुरुमा दुवै देशका खेलाडी एकअर्कासँग भिड्दै थिए । यसपछि अफगानिस्तान र पाकिस्तानका समर्थकहरुबीच बिबाद भै रंगशालामा भीषण भिडन्त भएको थियो । अफगानिस्तान र पाकिस्तानका दर्शकहरूले आपसमा कुटपिट गरे र त्यहाका कुर्सीहरू तोडफोड गरेका थिए ।

यो विवाद किन सुरु भयो भन्ने भिडियो सार्वजनिक भएको छ । एक पाकिस्तानी दर्शकको यो डान्सपछि अफगानिस्तान र पाकिस्तानी फ्यानबीच झगडा सुरु भएको सामाजिक सञ्जालमा दाबी गरिएको छ । यो भिडियो एक पाकिस्तानी फ्यानको डान्सको हो । भिडियोमा एकजना पाकिस्तानी फ्यानले जितपछि नाच्दै टाढा रहेका अफगान दर्शकलाई जिस्काएको देख्न सकिन्छ ।

यो डान्स देखेर मात्र अफगानिस्तानका फ्यानहरु रिसाएर झगडा गर्न थालेका हुन् भन्ने सामाजिक संजालका प्रयोगकर्ताहरुको दाबी रहेको छ । तर, यस दाबीको पुष्टि हुन् सकेको छैन । दुवै देशका दर्शकबीच भएको झडपको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो क्रममा अफगानिस्तानका फ्यानले रंगशालाका कुर्सीहरू बाहिर निकालेर दौडिएर पाकिस्तानी फ्यानलाई प्रहार गरेका थिए । रंगशालाबाहिर पाकिस्तानी फ्यानसँग झगडा पनि भएको थियो ।

अब यस विषयमा शारजाह प्रहरीसँग छानबिनको माग गरिएको छ । सोही क्रममा अफगानिस्तानका फास्ट बलर फरीद अहमद र पाकिस्तानी ब्याट्सम्यान आसिफ अलीबीच खेलकै दौरानमा पनि सामान्य छेडचाड भएको थियो । फरीदले आसिफलाई आउट गर्दै मैदान छोड्न संकेत गरेपछि आसिफले जवाफमा फरीदलाई धकाल्दै ब्याट देखाएका थिए । अन्तत: अम्पायरले सम्भाव्य झगडा हुनबाट जोगाएका थिए ।

एसिया कपको सुपर–४ राउण्डमा बुधबार (सेप्टेम्बर ७) पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । यो जितसँगै उसले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । फाइनलमा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १९.२ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पछ्यायो । फाइनल खेल सेप्टेम्बर ११ मा दुबईमा हुनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img